बिहीबार, वैशाख २७, २०८१

को बन्दैछ कांग्रेस प्रवक्ता ? चर्चामा छन् तीन नेता

सञ्जिता खनाल २०७८ माघ १७ गते २१:२०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सकिएको करिब दुई महिना पुग्न लाग्यो । तर अहिलेसम्म पनि पार्टी सभापति शेरबहादुर देउवाले प्रवक्ता मनोनित गर्न सकेका छैनन् ।

Advertisement

कांग्रेसको अहिलेसम्मको सिनारी हेर्दा पार्टी सभापतिको विश्वासको पात्र र समन्वयकारी भूमिका खेल्न सक्ने नै पार्टीको प्रवक्ता बन्दै आएका छन् ।

कांग्रेस प्रवक्ता पदाधिकारी सरह हुने भएकाले पार्टीको निर्णयदेखि पार्टीमाथि उठेका प्रश्नमा जवाफदेही बन्नुपर्ने हुन्छ ।

गत शुक्रबार कांग्रेस केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति गठन गर्यो । कांग्रेस विधानमै पदाधिकारीमध्ये कोषाध्यक्ष र प्रवक्ता स्वतः सदस्य रहने व्यवस्था गरेको छ । तर देउवाले कोषाध्यक्ष र प्रवक्ता मनोनयन गर्न सकेका छैनन् ।

को–को छन् प्रवक्ताको चर्चामा

अहिलेका पूर्वसह–महामन्त्री एवम् केन्द्रीय सदस्य डा.प्रकाशशरण महत, रमेश लेखक र एनपी साउदको चर्चा छ ।

यी तीनै जना देउवा निकट नेता मानिन्छन् । तर यसअघिको सिनानी हेर्दा कार्यसम्पादन समितिमा लेखक परेनन् । उनलाई कार्य सम्पादन समितिमा नराख्दा पार्टी प्रवक्ता बनाउने अझ सजिलो देउवालाई भएको देउवा निकट नेताहरु बताउँछन् ।

यसअघि दिएको जिम्मेवारी हेर्दा देउवाका नजिकका विश्वासका पात्र लेखकलाई प्रवक्ताको जिम्मेवारी दिने प्रवल सम्भावना रहेको एक नेताले बताए ।

‘रमेश दाइलाई सभापतिज्यूले केन्द्रीय कार्यसम्पादन समितिमा समेट्न नसक्नु नै प्रवक्ता बनाउने बाटो अझ खुलेको देखिन्छ ।’– ती नेताले भने ।

लेखक पार्टीको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक पनि थिए । लेखक सभापति देउवाको विश्वास पात्र हु्न् भने लेखक सभापति देउवाकै सुदूरपश्चिम प्रदेशका हुन् । तर कांग्रेसमा एउटै प्रदेशभित्रका नेताबीचको अस्वस्थ प्रतिस्पर्धा बाधकका रुपमा हेरिएको छ ।

लेखकजत्तिकै विश्वासपात्रका रुपमा एनपी साउदलाई लिइन्छ । गत शुक्रबार साउदलाई सभापति देउवाले केन्द्रीय कार्य सम्पादन समितिमा समेटे । तर यसअघि पनि साउदलाई लेखकलाई जस्तो प्राविधिक र रणनीतिक काममा भने जिम्मेवारी देउवाले दिएका छैनन् ।

अर्को साउद र लेखकको जिल्ला एउटै हो । एउटै जिल्लाका नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिँदा पार्टीमा क्षेत्रीय सन्तुलन बिग्रने जोखिमप्रति देउवा सचेत छन् ।

यता, डा.प्रकाशशरण महतलाई महामन्त्री बनाएर देउवाले आफ्नो उत्तरअधिकारी बनाउन खोजेका थिए र तर आफ्नै समुहभित्र अन्तर्घात भएपछि महामन्त्रीमा प्रकाशरण पराजित भए ।

देउवाले प्रकाशशरणलाई केन्द्रीय सदस्यमा मनोनित गरे भने गत शुक्रबार बनेको केन्द्रीय कार्य सम्पादन समितिमा पनि सदस्यमा राखेका छन् ।तर महत सभापति देउवाका हरेक कुरा ढाकछोप गर्न सिपालु रहेका कांग्रेस नेताहरु बताउँछन् । एक देउवा निकट नेताका अनुसार प्रकाशशरण दाईको पनि प्रवक्तामा रमेशदाई जतिकै सम्भावना छ । उनलेभने,‘रमेशदाईको जतिको सम्भावना छ प्रकाश दाईको पनि उतिकै छ । अहिलेको सिनारियो हेर्दा प्रकाशशरण र रमेश दाई बलिया देखिएका उनको दाबी छ ।


नेपाली कांग्रेसको १३ औं कार्यसमितिका प्रवक्ता थिए विश्वप्रकाश शर्मा । उनले पहिलो कार्यकालमै प्रवक्ताको जिम्मेवारीसँगै पदाधिकारीको भूमिका निर्वाह गरेका थिए ।

तर १४ औं कार्य समितिमा आइपुग्दा महाधिवेशनमा देउवा समूहलाई माथ गरेरै भए पनि उनी महामन्त्री बन्न पुगेका छन् ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया