बिहीबार, वैशाख २७, २०८१

तस्वीरमा हेर्नुहोस् किरात समुदायको उधौली पर्व

जुली गिरी २०७८ पुष ४ गते १६:११

काठमाडौँ । किरात समुदायले उधौली पर्व हर्ष उल्लासका साथ मनाई रहेका छन् । उधौली पर्व किरात समुदायको महान चाड हो । यो चाड हरेक वर्ष मंसिर पूर्णिमाका दिन मनाइने गरिएको छ । उधौली पर्वमा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ ।

Advertisement

खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मंसिर शुल्क पूर्णिमाको दिनको उधौली पर्व मनाउने गरिन्छ । उधौली-उभौलीले ऋतु परिवर्तन र पर्यावरण अनुकुलता अनुरुपका कामका रुपमा समेत लिने गरिन्छ । उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने चलन छ ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया