शुक्रबार, वैशाख १४, २०८१

कांग्रेस निर्वाचन अपडेट : १४५० मत खस्यो

मेरोन्यूज २०७८ मंसिर २७ गते १५:५६

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि भएको मतदानमा १४५० मत खसेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३स्३० बजेसम्म १४५० मत खसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए ।

कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ । १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । चार हजार ७४३ महाधिवेशन प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयन गर्ने छन् ।

प्रतिक्रिया