शुक्रबार, वैशाख १४, २०८१

कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशनमा मतदानस्थलको दृष्य (फोटोफिचर)

जुली गिरी २०७८ मंसिर २७ गते १३:१५

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सोमवार अपरान्हदेखि मतदान कार्य जारी रहेको छ ।

मतदानका लागि प्रतिनिधिहरु विहानैदेखि राष्ट्रिय सभागृह परिसर पुगेका थिए । विहानैदेखि लाम लागेका प्रतिनिधिहरु म्तदान शुरु भएपछि निकै उत्साहका साथ मतदानमा भाग लिइरहेका छन् ।

मतदानका लागि लामवद्ध प्रतिनिधिहरुलाई सभापतिदेखि केन्द्रीय सदस्यसम्मका उम्मदेवारहरुले नमस्कार गर्न भ्याइनभ्याई छ ।

मतदान गर्न अघि बढिरहेका प्रतिनिधिहरुसँग पनि उनीहरुले आफूलाई नर्बिसिन आग्रह गरिहेका छन् । वृद्धदेखि वैशाखी टेकेर आएका प्रतिनिधिहरु मतदान गर्न आतुर देखिएका छन् ।

राष्ट्रिय सभागृहस्थित मतदानस्थलमा काँग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसालेका थिए ।

पार्टीको १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने ४ हजार ७ सय ४३ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

थप तस्बीरहरु

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया