शुक्रबार, वैशाख १४, २०८१

आजको राशिफल ः मंसिर २७ गते सोमबार

ज्यो. गुरु दिवाकर पन्त २०७८ मंसिर २७ गते ६:५३

आज वि. सं. २०७८ साल मंसिर महिनाको २७ गते सोमबार, मंसिर शुक्लपक्षको दशमी तिथि ।

मेष
बोलीमा एक्कासी रुखोपना देखिने छ । चिटचिटापनले गर्दा अधैर्यताको अवस्था आउने छ । पेशागत जीवनमा अपेक्षाकृति कार्यप्रदर्शन हुन सक्ने छैन् । ब्यापार बिजनेशबाट आँशिक लाभ प्राप्त हुने छ । आर्थिक अवस्था धेरै बिग्रने छैन् । परिवारमा तनावपूर्ण अवस्था रहने छ । स्वास्थ्य कमजोर रहने छ ।

वृष
अरुको विश्वास आर्जन गर्न सफल भए पनि सो अनुसारको काम गर्न नसक्दा विश्वासमा केही कमि देखिन जाने छ । पेशागत जीवन सन्तुलित रहने छ । आर्थिक पक्ष पनि ठिक नै रहने छ । खर्चको मात्रा भने निरन्तर बढि रहने छ । मनोबल उच्च रहनाले दृढता कायम रहने छ । पारीवारिक वातावरण भने अशान्तिले घेरिएको हुनेछ ।

मिथुन
मनमा दृढताको मात्रा देखिँदा केही राहत मिल्ने छ । केही सकारात्मक संकेतहरु आउने हुँदा उत्साह जाग्ने छ । पेशागत जीवनमा भने शान्त भएर कदमहरु चाल्नु होला । आम्दानी नबढे पनि घट्ने पनि छैन् । शारीरिक स्वास्थ्य कमजोर हुने हुँदा दबाब महशुस हुनेछ ।

कर्कट
चालेका कदमहरु सफल हुने हुँदा उत्साह रहने छ । तर बढि उत्साही हुने भन्दा व्यावहारिक बन्नु फलदायी रहने छ । पेशागत जीवन सन्तुलित अघि बढ्ने छ । व्यवस्थापकीय क्षमतामा हुने कलाले सबैको चित्त बुझाउन सक्ने व्यक्तित्व हुने छ । आम्दानीमा गुणात्मक बृद्धि हुने छ । नशालु पदार्थबाट टाढै बस्ने प्रयास गर्नुहोला । दाम्पत्य जीवनमा भने बुझाईको कमि रहने छ ।

सिंह
खर्चको क्रमहरु बढ्न पुग्ने छ । आम्दानीमा बढोत्तरी नहुँदा आर्थिक सन्तुलनको दबाब कायम रहने छ । पेशागत जीवनमा झैझगडाको अवस्था वा बैमनश्यता हुने हुँदा विचार गरेर मात्र कदमहरु चाल्नु उपयुक्त हुने छ । दरिलो र आँटिलो स्वाभाव हुने भएकाले जोखिमले भरिएका कामहरु गर्न मन लाग्ने छ । रिस कडा हुनेछ ।

कन्या
आर्थिक रुपमा असन्तुलन पैदा हुँदा ऋण लाग्ने अवस्था आउने छ । मनोबल कमजोर हुँदा सहकर्मीहरुले पनि हेप्ने छन् । पेशागत जीवनमा तनावपूर्ण अवस्था रहने चुनौति रहेकाले विचार पुर्याउनु होला । दाम्पत्य जीवनमा बुझाईको अन्तर हुने छ । परिवारक सदस्यहरुबीच किचकिचको अवस्था रहँदा सामाजिक छवि धुमिल हुनेछ ।

तुला
सवारीसाधनको शौख जागृत हुने छ । रसिक खालको स्वाभावले गर्दा पार्टीहरुमा जम्ने तथा साथिभाइसँगको रंग रमाईलोमा रम्ने स्वाभाव हुने छ । पेशागत जीवन सकारात्मक रहने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । बोली प्रभावका कारण अरुको विश्वास जित्न सकिने छ । बौद्धिकतामा भने कमि आउने छ ।

वृश्चिक
नयाँ नयाँ काम गर्न मन लाग्ने छ । खासगरी सृजनाशिल कार्यमा मन लाग्ने छ । पेशागत जीवनमा आफुले सोचे जस्तो गरी परिस्थिति अनुकुल बन्ने छ । थप महत्वपूर्ण जिम्मेबारी वहन गर्न पाइने छ । समाजले कदर गर्ने छ भने मानसम्मान प्राप्त हुने समय छ । भोज भतेरमा सहभागि हुन पाइने छ । चिसोले भने सताउला ।

धनु
बादबिबाद र कठिनाईहरुबाट अघि बढ्नु पर्ने छ । पेशागत जीवनमा चुनौतिहरु देखा पर्ने छन् । आर्थिक रुपमा व्यवस्थापन गर्न धौधौ हुने छ । परिवारमा पनि तनावपूर्ण वातावरण सृजना हुँदा अशान्तिको वातावरण उत्पन्न हुने छ । मानकि रुपमा दुविधा र अन्योलले घेर्ने छ । बोलीमा रुखोपना देखिने छ ।

मकर
बौद्धिक क्षेत्रमा सक्रियहरुलाई कठिन समय रहेको छ । व्यापार व्यवसायमा रहेकाहरुलाई भने आर्थिक नाफा चाँहि हुने छ । सामाजिक कामहरुमा सहभागि हुन उदासिनता आउने छ । कुलततर्फ मन जाने भएका हुनाले यसलाई नियन्त्रित गर्ने प्रयास गर्नु होला । कार्य सफलतामा कमि आउँदा नैराश्यताले पेल्ने छ । जीवनसाथिको साथले ठुलो राहत प्रदान गर्नेछ ।

कुम्भ
बलियो इच्छाशक्ति भएको व्यक्तित्व हुने छ । पेशागत जीवनमा क्रमशः सकारात्मकता देखा पर्न जाने छ । आर्थिक चक्र भने असन्तुलित रहने भएकाले ऋण लिनु पर्ने अवस्था निम्तिन सक्छ । कठिन क्षणहरुमा पनि धैर्य भएर निरन्तर अघि बढ्न आँट प्राप्त हुने छ । समाजले जत्ति गरे पनि राम्रो मुल्यांकन गरेन भन्ने लागि रहने छ ।

मीन
भोज भतेरमा जाने संयोग जुर्ने छ । पेशागत जीवन द्वन्दग्रस्त हुने छ । बोलीको प्रभाव कम हुने भएकाले संयमित रहँदा नै फाइदा हुने छ । आर्थिक दबाब पर्ने छ । मनमा निराशा र वैचैनी विद्यमान रहने छ । दाम्पत्य जीवनमा एक अर्कालाई साथ दिने कटिबद्ध मनसाय रहने छ । यौन जीवनमा संयमित रहने प्रयास गर्नु होला ।

(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया