शनिबार, वैशाख १५, २०८१

कांग्रेस महाधिवेशन

कांग्रेसका उम्मेदवारः को कति बलियो ?

नेतृत्वमा देउवा बलियो, प्यानल कमजोर

मेरोन्यूज २०७८ मंसिर २६ गते २१:१९

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सोमवार विहानबाट मतदान हुँदैछ । सोमबार हुने मतदानबाट को निर्वाचित हुने निश्चित गर्नेछ ।

महाधिवेशनमा संस्थापन (शेरबहादुर देउवा) पक्ष र संस्थापन इतर पक्षबीच प्रतिष्पर्धा हुने भनिए पनि मनोनयन दर्ताको अन्तिम समयमा दुई पक्षको गुट तितरबितर भयो ।

आफ्नो गुटमा नसमेटिएपछि धेरै जनाले कित्ता बदलेर भए पनि उम्मदेवारी दिए । खासगरी संस्थापन इतर पक्षमा साझा सहमति नजुट्दा सभापतिका चार आकांक्षीमध्ये मुख्य मनिएका रामचन्द्र पौडेल प्रतिपष्पर्धाबाटै बाहिरिए ।

सभापति पदका अर्का आकांक्षी पूर्व महामन्त्री डा. सशांक कोइरालाले अन्तिम समयमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिए ।

सभापति पदमा तेह्रौं अधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहित पाँच जनाको उम्मेदवारी छ । देउवासहित डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ नेतृत्वको प्रतिष्पर्धामा छन् । तर पनि देउवा, कोइराला र सिंहबीच नै प्रतिष्पर्धा हुने देखिएको छ ।

उम्मेदवार मनोनयनसम्म आइपुग्दा देउवाबाहेक अरु टिमले सिङ्गो प्यानल खडा गर्न नै असमर्थ भयो । अन्तिमसम्म पनि संस्थापन इतर पक्षका नेता रामचन्द्र पौडेल कुनै समूहमा पनि नखुलेपछि मत बाँडिने निश्चित छ । मुख्य तीन प्रतिष्पर्धी मध्ये पहिलो चरणमा पहिलो हुने विश्वास कोइराला र सिंहलाई छैन । बलियो मानिएका देउवाले पहिलो चरणमै ५१ प्रतिशत मत प्राप्त नगरे दोस्रो चरणमा खतरा हुने निश्चित छ । त्यसैले देउवा पहिलो चरणमै विजयी बन्ने रणनीतिमा छन् ।

दुई उपसभापति पदमा सात प्रतिष्पर्धी छन् । देउवाले कांग्रेस त्यागेर लामो समय मधेस आन्दोलनमा लागेका र भ्रष्टाचार आरोपमा जेल परेका विजय गच्छदार र पूर्णबहादुर खड्कालाई उपभापति उठाएका छन् । तर उपसभापतिमा कांग्रेसका हस्तीहरु महेश आचार्य, डा. चन्द्र भण्डारी, धनराज गुरुङ प्रतिष्पर्धामा छन् । भण्डारी र गुरुङ उपसभापतिमा बलियो देखिएका छन् ।

यस्तै, दुई महामन्त्री पदमा पनि ६ जना प्रतिष्पर्धी छन् । देउवाले कृष्ण सिटौला पक्षका प्रदीप पौडेल र डा. प्रकाशशरण महतलाई उठाएका छन् । उनीहरुलाई देउवाबाट असन्तुष्ट भई प्रकाशमान प्यानलबाट विश्वप्रकाश शर्मा र शेखर प्यानलबाट गगन थापा र डा. मिनेन्द्र रिजालले चुनौति दिएका छन् । जुनसुकै प्यानलबाट भए पनि शर्मा र थापा महामन्त्रीमा बलियो देखिएका छन् ।

विभिन्न आरक्षण पद अन्तर्गतको सहमहामन्त्रीको ८ पदमा पनि देउवाका सबै उम्मेदवार बलियो देखिएका छन् ।

महाधिवेशनमा विगतदेखिको गुटहरु तितरवितर भएकै कारण महाधिवेशनका ४ हजार ७ सय ४३ मतदाताले उम्मेदवार हेरेर मतदान गर्ने सम्भावना बढी रहेको छ । यसले गर्दा कांग्रेस महाधिवेशनमा मिश्रित परिणाम आउने सम्भावना देखिएको छ ।

यो पनि पढ्नुस्

देउवाको अन्तिम सूचीमा को(को परे ? (सूचीसहित)

प्रतिक्रिया