शनिबार, वैशाख २९, २०८१

आजको राशिफल : मंसिर २० गते सोमबार

ज्यो. दिवाकर पन्त २०७८ मंसिर २० गते ६:३०

आज २०७८ साल मंसिर महिनाको २० गते सोमबार, मंसिर शुक्लपक्षको द्वितीया तिथि ।

Advertisement

मेष
खर्चको मात्रा बढ्दा आर्थिक सन्तुलन बिग्रन पुग्ने छ । अकस्मात उत्साह र उमङ्गमा कमि आउने छ ।स्वास्थ्य अवस्थामा कमजोरी हुने हुँदा विचार पुर्याउनु होला । पेशागत जीवनमा भने सकारात्मक अवस्था नै रहने छ । बोलीमा संयमितता कायम राख्नु होला ।

वृष
आफन्त तथा आफैले भर गरेकाहरुबाट धोकाको अवस्था आउने देखिन्छ । एकपछि अर्काे गरि आउने अवरोधहरुको सामना गर्दा गर्दै थकित अनुभुति हुने छ । पेशागत जीवनमा धैर्य भएर पाइला चाल्नु होला । आर्थिक दबाब कायम हुने छ ।

मिथुन
बोलीमा धेरै कडापना देखिने छ । जीवनसाथिको साथले धेरै भरथेग गर्ने छ । आफ्नै रिसले गर्दा बन्न खोजका कामहरु पनि बिग्रने छन् । मनोबल उच्च रहने भएकाले कसैसँग नदब्ने स्वाभाव हुने छ । मिठो मिठो खाना खाने अवसर मिल्ने छ ।

कर्कट
समाजबाट मान मर्यादा प्राप्त हुने छ । हसिँलो तथा रसिलो स्वाभाव हुने र रमाईलोमा मन केन्द्रीत हुने छ । आर्थिक क्षेत्रमा प्रगति हुने छ । बचत हुने तथा बिबिध क्षेत्रमा लगानी थपिन जाने छ । पेशागत जीवनमा सकारात्मक नतिजाहरु आउने छन् ।

सिंह
एकोहोरो स्वाभाव देखिने हुनाले अरुले एकलकाँटे अनुभूत गर्ने छन् । बादबिबादबाट जोगिनु होला । स्वास्थ्य अवस्थामा सन्तुलन बिग्रने छ । जसले गर्दा दैनिक तालिकामा असर पार्ने छ । आम्दानी मध्यम खालको रहने छ । पेशागत जीवनमा अलि जोश र जाँगरको कमि हुने छ ।

कन्या
आम्दानीमा बृद्धि कायम रहने छ । मद्यपान र धुमपान जस्ता विषयमा टाढा नै रहेको उपयुक्त हुने छ । पार्टीहरुमा सहभागि हुन पाइने भएता पनि स्वास्थ्यले साथ नदिँदा त्यसको खास महत्व हुने छैन् । पेशागत जीवन ठिक नै रहने छ । सवारीसाधन सम्बन्धी समस्याले पिरोल्ने छ ।

तुला
कठोर मेहनत गर्दा गर्दै पनि नतिजा आउन ढिलाई हुने हुँदा मनमा दिक्दारी लाग्ने छ । आर्थिक अवस्थामा खल्बलि आउँदा दबाब सृजना हुने छ । परिवारमा एक अर्कालाई गर्ने सरसहयोगले धेरै राहत दिने छ । पेशागत जीवनमा धेरै जोखिम लिने भन्दा निरनतरता दिने विषयमा अघि बढ्नु नै ठिक हुने छ ।

वृश्चिक
स–साना स्वास्थ्य समस्याले उल्झन ल्याउने छ, नियमित दैनिकीलाई प्रभावित पार्ने छ । परिवारमा रमाईलो र हसिलो वातावरण बन्ने छ । बोलीको प्रभावले गर्दा ठुलाबडाको मन जित्न सकिने छ । पेशागत जीवन सकारात्मक दिशामा केन्द्रीत रहने छ । बौद्धिकतामा भने ह्रास आउने छ ।

धनु
बोलीमा संयमितता अपनाउनु होला । मुद्धा मामिला तथा प्रशासनिक निकाय धाउनु पर्ने जस्ता समस्याहरु आइलाग्ने छन् । आर्थिक अवस्थामा गिरावट आउँदा मानसिक दबाब उत्पन्न हुने छ । पेशागत जीवनमा सकभर मधुर बन्ने प्रयास गर्नु नै उचित देखिन्छ । अध्ययन र अध्यापन क्षेत्रको क्षमताको गिरावट हुने छ ।

मकर
झैझगडाबा वातावरणमा नफस्नु नै उपयुक्त हुने छ । जति नै सहयोग गर्न खोजे पनि समाजले सही मुल्यांकन नगर्दा निराशा उत्पन्न हुने छ । तर मनोबलमा भने कुनै कमि आउने छैन् । पेशागत क्षेत्रमा विचार गरेर मात्र जोखिमहरु लिनु ठिक हुने छ । दाम्पत्य जीवनमा प्रेम र सद्भाव कायम रहने छ ।

कुम्भ
पेशागत क्षेत्रबाट लाभ मिल्ने छ । आम्दानीमा पनि केही बृद्धि नै हुन जाने छ । स्वास्थ्यमा केही सुधार देखिने छ । व्यवस्थापकीय क्षमताले गर्दा आफ्ना टिमका सदस्यहरुको मन जित्न सकिने छ । निर्णय क्षमतामा सुधार आउने छ । दाम्पत्य जीवनमा एकअर्का प्रति भरोषा र प्रेम बढ्न जाने छ ।

मीन
परिवारमा तनाव र दबाब उत्पन्न हुने छ । पेशागत जीवनमा संकट निम्तिने भएकाले धैर्यता नगुमाउनु होला । झैझगडाका अवस्थाहरुबाट सकभर टाढा नै बस्दा उचित हुने छ । मुद्धामामिला तथा आरोप प्रत्यारोपको अवस्था आउन सक्ने भएकाले बोल्दा विचार गरेर मात्र बोल्नु होला ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया