शुक्रबार, वैशाख १४, २०८१

नेवाः राज्य स्थापनाका लागि हस्तक्षेप गर्न नेवार समुदायलाई भट्टराईको आह्वान

मेरोन्यूज २०७८ मंसिर १८ गते १८:०२

काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले नेवाः स्वायत्त राज्य स्थापनाका लागि हस्तक्षेपकारी भूमिका खेल्न नेवार समुदायलाई आह्वान गरेका छन् ।

नेवाः स्वायत्त राज्य स्थापनाका लागि नेवार समुदायले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा भट्टराईले जोड दिए ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै जसपा संघीय परिषद् अध्यक्ष भट्टराईले फेरि पनि संघर्ष नगरीकन न्याय र अधिकार प्राप्त गर्न नसकिने बताए ।

‘फेरि पनि संघर्ष नगरीकन यो प्राप्त हुँदैन । अहिले संसदबाट मात्रै सबैथोक होस भनेर मात्रै हुँदैन । सांकेतिक हुन्छ । किनभने हामी संसदबाट पनि बोलिराखेका छौं । सडकबाट पनि बोलकै छौं । र सरकारमा पनि भएको बेलामा संविधान संशोधन हुनुपर्छ भन्ने विषयमा हामी कुरा राख्छांैं ।’– भट्टराईले भने ।

उनले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिवद्ध रहेको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सबै उत्पीडित समूदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागि परेको दावी समेत गरे ।

प्रतिक्रिया