शनिबार, वैशाख १५, २०८१

अभिनेता ब्रह्मा मिश्रको शंकास्पद मृत्यु

मेरोन्यूज २०७८ मंसिर १७ गते १४:५६

काठमाडौँ । वेब सिरिज मिर्जापुरमा ललितको भूमिकाबाट चर्चित बनेका अभिनेता ब्रह्मा मिश्रको शंकास्पद मृत्यु भएको छ ।

मिश्रको शव मुम्बईको वर्सोवास्थित उनको फ्ल्याटमा भेटिएको थियो । मिश्रको शव धेरै दिनअघिको हुँदा शव सडिसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार ३६ वर्षीय मिश्राले नोभेम्बर २९ मा छाती दुखेको गुनासो गरेका थिए । छाती दुख्ने समस्या भएपछि उनले चिकित्सकलाई देखाएर औषधि लिएर फर्किएका थिए ।

केही रिपोर्टमा उनलाई हृदयघात भएको हुनसक्ने बताइएको छ । शव वाशरूममा भेटिएको थियो । उनको तीन दिनअघि मृत्यु भएको बताइएको छ ।

छिमेकीले फ्ल्याटबाट दुर्गन्ध आएको गुनासो गरेपछि खोजबिन गर्दा शव भेटिएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् ।

प्रतिक्रिया