शनिबार, वैशाख २९, २०८१

आजको राशिफल : मंसिर १५ गते बुधबार

ज्यो. दिवाकर पन्त २०७८ मंसिर १५ गते ६:२०

आज २०७८ साल मंसिर महिनाको १५ गते बुधबार, मंसिर कृष्णपक्षको द्वादशी तिथि ।

Advertisement

मेष
भाग्यहिनताका कारण स–सानो प्राप्तिका लागि पनि धेरै संघर्ष गर्नु पर्ने छ । मनमा केही दृढताका क्रम आउन थाल्ने छ । तर दृढताको कमि भने रही रहने छ । पेशागत जीवन अझै सुमधुर बन्न सक्ने छैन् । आर्थिक सन्तुलनका लागि संघर्ष गर्नु पर्ने छ ।

वृष
दाम्पत्य जीवनमा समधुरता रहने हुँदा दुःखका क्षणमा पनि हाँसिखुशी अघि बढि रहनका लागि उर्जा मिल्ने छ । पेशागत जीवनमा बादबिबाद हुने हुँदा सतर्क रहनु नै उचित हुने छ । आर्थिक जीवन औसत खालको रहने छ । साझेदारी फाप्ने छ ।

मिथुन
दाम्पत्य जीवनमा बादबिबादका क्रम रही रहने छ । पेशागत जीवन सन्तुलित नै रहने छ । कमाईमा सोचे जस्तो बृद्धि नभए पनि कमजोर पनि रहने छैन् । मनमा खुशीका क्रम आउन सक्ने छैन् । जसले गर्दा खुशीका क्षणहरुमा पनि मनमा उत्साहको अभाव रहने छ ।

कर्कट
पराक्रमीपनाका कारण अरुले हेप्न सक्ने छैनन् । स–सानो विषयमा पनि मनमा सन्तोषको आभाष भइरहने छ । ज्ञान विज्ञानको क्षेत्रमा प्रगति हुने छ भने रुचि पनि बढ्ने छ ।सन्ताको प्रगति उन्नति अनुभूत गर्न पाइने छ । पेशागत जीवनमा सुधार आउने छ । आम्दानीमा पनि बृद्धि हुने छ ।

सिंह
दुविधात्मक ब्यक्तित्व भए तापनि बाहिरबाट हेर्दा दृढ खालको व्यक्तित्व अरुले आभाष गर्ने छन् । पेशागत जीवनमा सजग भएर पाइला चाल्नु होला । दाम्पत्य जीवनमा सुख शान्ति रहने छ । धन सम्पत्ति गुम्ने तथा बादबिबादका क्रमहरु देखा पर्ने भएकाले सजग रहनु होला ।

कन्या
परिवारमा रडाको मच्चिने छ । संयमित भएर आफ्नो विचार र धारणा राख्नु हुँदा ठिक हुने छ । निर्णय क्षमतामा भारी गिरावट आउने छ । आथिक अवस्थामा भने सन्तोषजनक अवस्था रहने छ । दाम्पत्य जीवनमा खुशीयाली आउने छ ।

तुला
साहसका कारण अघि बढ्न उर्जा प्राप्त हुने छ । सुरो खालको व्यक्तित्व हुने छ । मनमा असन्तोषका भावनाहरु भने एकपछि अर्काे गरि आइ रहने छन् । पेशागत जीवनमा सहजता आउने छ । नयाँ नयाँ काम गर्न आँट आउने छ । आम्दानीमा पनि केही बृद्धि हुने छ ।

वृश्चिक
भोज भतेर जस्ता रमाईलोमा सहभागि हुन पाइने छ । लचिलो खालको व्यक्तित्व बन्ने छ । पेशागत जीवनमा सफलता मिल्ने छ । बोलीमा भने कडापना हुने वा मिठोपना नहुने भएकाले यसबारेमा विचार पुर्याउनु होला । परिवारमा द्वन्दको अवस्था आउने छ । अस्पतालजन्य खर्च बढ्ने स्थिति देखिन्छ ।

धनु
बोली नरम प्रकृतिको हुने भएता पनि मृदुभाषिपनाका कारण मनको भार मनमा नै रहने छ । परिवारमा मिलन हुने छ । पेशागत जीवनमा आफ्नो जिम्मेबारी राम्रोसँग निभाउने तर अन्य विषयमा धेरै चासो नराख्ने बानी गरेमा उचित हुने छ । आर्थिक अवस्था सन्तोषजनक नै रहने छ ।

मकर
भाग्यको साथ नभएको लागिरहने छ । अनावश्यक विषयहरु मनमा आउने भएकाले मन भारी हुने छ । स्वास्थ्य समस्याले च्याप्ने छ । पेशागत जीवनमा सोचे जस्तो प्रगति नभए पनि धेरै कठिन अवस्था पनि आउने छैन् । आर्थिक अवस्था भने चुनौतिपूर्ण बन्न जाने छ । साझेदारीमा भएका कामहरुमा अवरोध आउने छ ।

कुम्भ
आम्दानीमा ह्रास हुने भए तापनि संचित धनले साथ दिने छ । भोज भतेरमा सहभागि हुन पाइने छ । अरुले दुविधात्मक ब्यक्तित्व रहेको आभाष गर्ने छन् । निर्णय क्षमतामा आउने कमिले दुविधा असाध्यै ल्याइदिने छ । धेरै उत्साही हुने भन्दा धैर्य भएर स्थिर पाइला चाल्नु नै उचि देखिन्छ । पेशागत जीवन औसत रहने छ ।

मीन
रोग व्याधिको संक्रमण हुन सक्ने जोखिम छ । शारीरिक रुपमा कमजोरीहरु देखा पर्ने छन् । कडा खालको बोली हुने भएकाले अरुले सहज लिने छैनन् । पेशागत जीवनमा धेरै जोखिमयुक्त निर्णय भन्दा निरन्तरतालाई ध्यान दिनु नै फलदायी रहने छ । दाम्पत्य जीवनमा कटुता आउने छ । आर्थिक जीवनमा जोखिम व्योहर्नु पर्ने चुनौति देखिएकाले संयमित हुनु पर्ने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया