मंगलबार, चैत ६, २०८०

नेप्से परिसूचकमा गिरावट

मेरोन्यूज २०७८ मंसिर १४ गते १७:१६

काठमाडौँ । पछिल्लो तीन दिनदेखि निरन्तर शेयर बजारमा मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मौद्रिक नीतिको पहिलो त्रयमासिक समिक्षापछि लगातार ओरालो लागेको हो ।

मंगलबार कारोबारको शुरुवातदेखि उतारचढावका बीच परिसूचक कारोबारको अन्तिम समयमा आएर १.६४ अंकले घटेर २ हजार ६२८.३७ अंकमा झरेको छ । आज कारोबारमा आएका २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैयाँमा कारोबार भएको छ । सोमबार २१.४८ अंकले घटेर २ हजार ६२९.९८ अंकमा ओरालो लागेको थियो । कारोबार रकम पनि सोमबारको भन्दा घटेको छ । सोमबार ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको किनबेच भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ६ उप–समूहको शेयर मूल्य बढेको छ भने बाँकी ७ सूचकहरुको घटेको छ । आज जलविद्युत ११.४, विकास बैंक ४०.८८, फाइनान्स ८.८९, निर्जीवन बीमा ९६.६ र अन्य समूहको १४.११ अंकले बढेको छ । त्यस्तै, बैंकिङ समूहको ६.५६, माइक्रोफाइनान्स १०.९५ र जीवन बीमा समूहको उपसूचक ६९.६४ अंकले घटेको छ ।

आज कारोबारमा १०१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । साथै, २० वटा कम्पनीको शेयर मूल्य स्थिर छ । कारोबारमा सामलिङ पावर कम्पनी र न्याग्दी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Advertisement

प्रतिक्रिया