बुधबार, वैशाख २६, २०८१

एमाले महाधिवेशन : मनोनय दर्ता सुरु

मेरोन्यूज २०७८ मंसिर १३ गते ८:३६

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनमा आज निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रियाअन्तर्गत विभिन्न पदका लागि मनोनय दर्ता सुरु भएको हो ।

Advertisement

अहिले अनुशासन आयोगको अध्यक्ष पदका लागि केशव बडाल मनोनय दर्ता गरेका छन् । यस्तै, केन्द्रीय सदस्यका लागि पार्वती रावल र लक्ष्मीप्रसाद पोखरेलले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गर्न साढे ९ बजेसम्म समय तोकिएको छ । अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका भिम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् ।

प्रतिक्रिया