शनिबार, वैशाख १५, २०८१

आज तपाईको ‍दिन कस्तो ? हेर्नुहोस् राशीफल

मेरोन्यूज २०७८ मंसिर १३ गते ६:१३

आज २०७८ साल मंसिर महिनाको १३ गते सोमबार, मंसिर कृष्णपक्षको दशमी तिथि ।

मेष
चलाख खालको बुद्धिले गर्दा समय अनुकुल बन्ने छ । गम्भीर स्वाभावको रुपमा अरुले चिन्ने छन् । आत्माबल पनि उच्च रहने हुँनाले अरुको विश्वास जित्न सक्दा नयाँ नयाँ कामहरु अघि बढ्ने छन् । पारीवारिक जीवनमा मधुरता र सामञ्जस्यता कायम हुने छ । पेशागत जीवनमा भने सोचे जस्तो प्रगति हुने छैन् । आर्थिक अवस्था सन्तुलित नै रहने छ ।

वृष
धैर्यतासाथ पाइला चाल्नु नै उपयुक्त हुने देखिन्छ । स–सानो विषयमा पनि हतासोपनाले सताउने छ । पेशागत जीवनमा झैझगडा र बैमनश्यताको अवस्थाबाट अघि बढ्नु पर्ने छ । मनमा निराशा र उत्साहको कमि हुने छ । साथै मनमा सुखको अनुभूति हुन सक्ने छैन् । आर्थिक रुपमा सन्तुलन खल्बलिने हुनाले दबाब महशुस हुन जाने छ ।

मिथुन
कुनै पनि काम गर्न सक्छु भन्ने दृढता मनमा आउने हुँदा गर्नै नसक्ने प्रकारको काममा पनि हात हाल्न मन लाग्ने छ । भौँजाह र रिस असाध्यै कडा खालको हुने हुँदा अरुसँ झैझगडाको अवस्था एकपछि अर्काे गरि आउने छ । जीवनसाथिको सल्लाह मानेर अघि बढ्नु भयो भने भलो हुने छ । पेशागत जीवन औसत खालको हुने छ । आर्थिक मामिलामा भने सतर्कतासाहित अघि बढ्नु होला ।

कर्कट
अरुको विश्वास जित्न सकिने छ । जसले गर्दा ठुलाबडाले पत्याउने छन् । कठिन घडिमा पनि आफ्नो वचन र प्रतिबद्धता पुरा गर्ने सोचाईको व्यक्तित्व हुने छ । ब्यवस्थापकीय र नेतृत्वदायी खुबी हुने भएकाले उच्च तहका मानिसहरुको दृष्टि आफुप्रति पर्ने छ । पारीवारिक जीवनमा भने कटुताको अवस्थाले गर्दा अनावश्यक वातावरण सृजना हुन पुग्ने छ । साथिभाईको धोकापूर्ण अवस्थाप्रति सचेत रहनु होला ।

सिंह
बोलीको प्रभाव रहने हुँदा पेशागत जीवनमा सफलता प्राप्त हुने छ । धन आर्जन हुने समय सक्रिय रहेको छ । बलियो आत्मबल भएको ब्यक्तित्व हुने हुँदा जो कोहिसँग पनि दृढतापूर्वक जुध्न तागत आउने छ । प्रतिष्पर्धीहरु पराजित हुने छन् । अनुशासनको दायरामा रहन मन लाग्ने छ । तर कडापनामा भने अलि नरमपना ल्याएमा राम्रो हुने छ ।

कन्या
बोली प्रिय हुँदाहुँदै पनि बेला बेला अस्वाभाविक कडापनले गर्दा मानिसहरु पनि अन्योलमा पर्ने छन् । प्रेममा धोकाको अवस्था आउने छ । व्यक्तित्व आकर्षक हुने भएकाले बिपरित लिङ्गीहरु प्रभावित हुने छन् । पेशागत तथा ब्यावसायिक जीवन अनुकुल र फलदायी रहने छ । साझेदारीका कामहरुमा भने सतर्क रहनु नै उत्तम हुने छ ।

तुला
मानिसहरुको विश्वास जित्न सकिने छ । पेशागत र ब्यावसायिक जीवनमा फरक फरक क्षेत्रबाट जिम्मेबारीको दायित्व प्राप्त हुने छ । र, कामको कदर हुने छ । भाग्यको साथ रहेकाले आँटेका कामहरु पुरा हुने छन् । आर्थिक अवस्था राम्रो रहने छ । अलि कडा शैलीको व्यक्तित्व हुने भएकाले परिवारका सदस्यहरुले भने त्यत्ति सहज अनुभूत भने गर्ने छैनन् ।

वृश्चिक
मानसिक दबाबको अवस्था रहने छ । स्वास्थ्य कमजोर बन्ने हुँदा उत्साह र उमङ्गको कमि हुने छ । परिवारका सदस्यहरुले भने साथ र सहयोग गर्ने छन्, जसले गर्दा ठुलो राहत मिल्ने छ । खर्च धेरै बढ्ने समय रहेको छ । आम्दानीमा कमि आउँदा आर्थि सन्तुलन खल्बलिन पुग्ने छ । धार्मिक आध्यात्मिक चिन्तन र पुस्तकहरु पढ्नाले राहत मिल्ने छ ।

धनु
भाग्यको साथका कारण सफलताका क्रमहरु प्राप्त हुनेछ । दृढ प्रकृतिको ब्यक्तित्व हुने छ र मनोबल पनि उच्च रहने छ । रोमाण्टिक खालको सोचाई र व्यक्तित्व हुन्छ । जीवनसाथिको मद्धतले जीवनमा ठुलो अर्थ राख्ने छ । पेशागत जीवन सहज हुने छ । आर्थिक अवस्था पनि सहज रहने छ । धन सम्पत्तिको विषयमा परिवारमा कटुता र संघर्ष रहने छ ।

मकर
आफ्नो काम र पेशाप्रति निकै लगनशिल भएर काम गर्न मन लाग्ने छ । संघर्षशिल व्यक्तित्व हुने छ । जे जस्तो अवस्था छ त्यस अवस्थाप्रति सन्तोष लिन सक्ने मनोविज्ञान रहने छ । आम्दानीको अवस्था सन्तुलित खालकै रहने छ । पेशागत जीवन शुभ रहने छ । परिवारका सदस्यहरुका बीचमा मधुरता र सहयोग गर्ने वातावरण रहने छ । अध्ययन अध्यापनमा मन लाग्ने छ ।

कुम्भ
भाग्यको साथ नभएका कारण कतिपय अवस्था दोषको भागिदार हुने जोखिम रहने छ । मनमा दुविधाका क्रम रहने छन् । दाम्पत्य जीवनम मधुरताको कमि हुने छ । पेशागत जीवन भने सकारात्मक नै रहने छ । आम्दानी ठिक नै रहने छ । साथिभाइको साथका कारण राहत जरुर मिल्ने छ । परिवारका सदस्यहरुका बीचमा धेरै समधुर अवस्था रहने छैन् ।

मीन
झैझगडाको अवस्था आउने भएकाले त्यस्तोमा सँलग्न हुने भन्दा छल्दै अघि बढेमा उपयुक्त हुने देखिन्छ । उच्च मनोबलको व्यक्तित्व हुँदा हुँदै पनि आवश्यकता भन्दा कडा प्रकृतिको सोच हुने हुँदा अरुले त्यत्ति सहज रुपमा लिने भने छैनन् । पारीवारिक जीवनमा मधुरता कायम रहने छ । प्रेममा भने असफलता हुने छ ।

(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया