शनिबार, वैशाख १५, २०८१

देशभर थप २१३ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर ११ गते १७:१७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ९०७ जनाको पीसीआर परीक्षणमा १९७ र १ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण पुष्टी भएका थप ३ जनाको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३२५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा ९४ जना, भक्तपुरमा ७ जना र ललितपुरमा २० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया