शनिबार, वैशाख १५, २०८१

स्वास्थ्य मन्त्रालय भन्यो : दक्षिण अफ्रिकाबाट आएकाहरु क्वारेन्टिनमा राख्नु र जीन सिक्वेन्सिङ गर्नु

मेरोन्यूज २०७८ मंसिर १० गते १३:०१

काठमाडौं । दक्षिण अफ्रिकामा कोरोना भाइरसको अहिलेसम्मकै धेरै उत्परिवर्तीत नयाँ भेरियन्ट फेला परेको छ ।

नेपालले पनि दक्षिण अफ्रिकाबाट आउनेमा कडाइ गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले दक्षिण अफ्रिकाबाट आउने नागरिकलाई क्वारेन्टिनमा राखिने, कोरोना भाइरसको सङ्क्रमण परीक्षण गरिने र जीन सिक्वेन्सिङ गरिने जानकारी दिए ।


बेलायतले ६ अफ्रिकी देशबाट यात्रामा प्रतिबन्ध लगाएको छ । थुप्रै युरोपेली मुलुकहरूले पनि नयाँ यात्रा प्रतिबन्ध लागु गर्ने तयारी गरिरहेका छन्, भने भारतले पनि दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउनेमा कडाइ गरेको छ ।

झन्डै ५० वटा उत्परिवर्तन भेटिएको यो नयाँ भेरियन्ट विरुद्ध खोप समेत कम प्रभावकारी हुनसक्ने भन्दै बैज्ञानिकहरु चिन्ति बनेका छन् ।

प्रतिक्रिया