बुधबार, वैशाख २६, २०८१

देशभर थप ३५१ जनामा कोरोना संक्रमण, नौ जनाको मृत्यु

काठमाडौं उपत्यकामा १४४ संक्रमित थपिए

मेरोन्यूज २०७८ मंसिर ७ गते १६:५५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरीका विभिन्न प्रयोगशालामा १० हजार १७४ जनाको नमूना परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसहित कोरोना संक्रमण पुष्टी भई मृत्यु भएका कुल ११ हजार ५०९ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा देशभरबाट २७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म ८ लाख ८९० जना कोरोनामुक्त भएको मन्त्रालयले राखेको अध्यावधिक विवरणमा उल्लेख छ ।

उक्त विवरणअनुसार हाल देशभर ७ हजार ३ सय जना कोरोनाका सक्रिय संक्रमित छन् ।

यसैबीच, काठमाडौं उपत्यकामा मंगलबार १ सय ४४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०५, ललितपुरमा ३० र भक्तपुरमा ९ संक्रमित हन् ।

मन्त्रालयकाअनुसार काठमाडौंमा ५९०, भक्तपुरमा ४६७ र ललितपुरमा ५५० गरी हाल काठमाडौं उपत्यकामा १६०७ सक्रिय संक्रमित छन् ।

Advertisement

प्रतिक्रिया