शुक्रबार, वैशाख २१, २०८१

माधव नेपालको पार्टी प्रदेश २ सरकारमा सहभागी (भिडियाे)

दुई मन्त्रालय लिएर संसदीय दलका नेता शत्रुधन महतो र प्रमोद यादवले लिए मन्त्रीको सपथ

जनकपुरधाम । एमालेवाट टुक्रिएर बनेको माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ सरकारमा सहभागी भएको छ ।

केन्द्रदेखि प्रदेश सरकारसम्म नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी भएको हो । पछिल्लो पटक जनता समाजवादी पार्टीका नेता लालवावु राउतले नेतृत्व गरेको प्रदेश २ नेतृत्वको सरकारमा दुई मन्त्री लिएर नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएको हो ।

नेकपा एसका तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र प्रमोद यादवले आज विहान मन्त्री पदको सपथ लिएका हुन् ।

Advertisement

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले कानून न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले सपथ गराएका छद्धन् ।

नेकपा एसको प्रदेशसभामा १३ सांसद छन् ।

नेकपा एसले वागमति र प्रदेश १ को सरकारको नेतृत्व भने आफै गरेको छ ।

भिडियाे

प्रतिक्रिया