शुक्रबार, वैशाख १४, २०८१

काठमाडौँ प्रहरी प्रमुखमा गिरी, ललितपुरमा पाेखरेल

मेरोन्यूज २०७८ मंसिर ५ गते ८:१९

काठमाडौँ । गृह मन्त्रालयले ४ एसएसपीको सरुवा गरेको छ । काठमाडौँ प्रहरीको जिम्मेवारी एसएसपी सुदिप गिरीलाई दिएको छ । काठमाडौँ प्रहरी प्रमुख रहेका एसएसपी अशोक सिंहको भरतपुर तालिम केन्द्र सरुवा भएको छ ।

यसअघि कार्तिक २६ गते नै गिरी काठमाडौँ प्रहरी प्रमुखमा र अशोक सिंहको भैरहवा विमानस्थल प्रहरी प्रमुखमा सरुवा भए पनि सिंहले बालुवाटारमार्फत दबाब दिएर सरुवा रोकेका थिए । जसका कारण प्रधानमन्त्री र गृहमन्त्रीमा समेत असमजदारी भएको थियो ।

यस्तै ललितपुर प्रहरी प्रमुखमा एसएसपी यज्ञ विनोद पोखरेलको सरुवा भएको छ । ललितपुर प्रहरी प्रमुख किरण बज्रचार्यलाई प्रहरी प्रधान कार्यालय अन्वेषण शाखामा सरुवा गरिएको छ ।

प्रतिक्रिया