बुधबार, वैशाख २६, २०८१

थप २ सय ४२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर ४ गते १७:४०

काठमाडौँ । नेपालमा थप २ सय ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा भएको परीक्षणमा २ सय ४२ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ७ सय ८७ जना पुगेको छ ।

कोरोना संक्रमण पुष्टी भएका थप एक जनाको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ७ हजार ३ सय ३ जना कोरोनाका संक्रमित छन् ।

मन्त्रालयका अनुसार शनिवार ४ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Advertisement

प्रतिक्रिया