आइतबार, वैशाख ३०, २०८१

शुक्रबार तपाईको राशीफल

ज्यो. दिवाकर पन्त २०७८ मंसिर ३ गते ६:०२

आज २०७८ साल मंसिर महिनाको ३ गते शुक्रबार, कार्तिक शुक्लपक्षको पूर्णिमा तिथि । आज चतुर्मासव्रत समाप्ति । आज निम्बार्काचार्य जयन्ती तथा गुरुनानक जयन्ती रहेको छ ।

Advertisement

मेष

बाणिमा प्रभावकारीपनाका कारण अरुले ध्यानाकर्षण सृजना गर्न सकिने छ । व्यक्तित्व असल खालको बन्ने छ । आम्दानीमा हल्का बृद्धि हुने छ । तर खर्च पनि असाध्यै धेरै हुने हुँदा आर्थिक असन्तुलन भने बृद्धि हुने छ । पेशागत जीवनमा सन्तुलन बिग्रने छ ।

वृष

नाच्न तथा गाउन अग्रसर हुन मन लाग्ने छ । रङ्ग रमाइलोमा झुम्ने तथा रम्ने स्वाभाव हुने छ । नशालु पदार्थका कारण झैझगडा हुने जोखिम रहेकाले सतर्क रहनु होला । परिवारमा असमझदारीहरु देखिने छ । पेशागत जीवनमा आशा गरे जस्तो प्रस्तुति हुन सक्ने छै्न् ।

मिथुन

सामाजिक जीवनमा सम्मानको कमि हुने छ । मनमा चञ्चलताका कारण अधैर्यता आउने छ । पेशागत जीवनमा पनि केही उतार चढावको अवस्था आउने छ । कमाई घट्ने छ भने आम्दानीका स्रोतहरु घट्न जाने छ । दाम्पत्य जीवनमा भने मधुरता कायम रहँदा जीवनसाथिको साथ मिल्ने छ ।

कर्कट

यात्रारत रहनु पर्ने छ । बोलीमा भने अलि लगाम लगाउनु होला । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । आर्थिक कदर र सम्मानहरु पाइने छ । भाग्यको साथ कम रहेकाले आँटेका कामहरु पुरा हुन अलि बढि मेहनत गर्नु पर्ने छ ।

सिंह

झैझगडाको अवस्थाबाट गुज्रनु पर्ने छ । व्यक्तित्वको ओजका कारण विजय भने प्राप्त हुने छ । कडा शैलीको क्रम देखा पर्ने छ । पेशागत जीवन अनुकुल रहने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । सामाजिक काममा दान दिन मन लाग्ने छ ।

कन्या

अन्तरमुखी स्वाभावका कारण आफ्ना कुरा राख्न नसक्ने व्यक्तित्व हुने छ । लज्जालु खालको व्यक्तित्व हुने छ, जसका कारण चाहिने कुराहरु अभिव्यक्त गर्न पनि असजिलो अनुभव लाग्ने छ । पेशागत जीवन सामान्य खालको रहने छ । आम्दानी पनि औसत रहने छ । बोली अलि रुखो खालको हुने छ ।

तुला

व्यक्तित्व सुन्दर खालको रहने छ । प्रेममा सफलता मिल्ने छ । दाम्पत्य जीवनमा पनि मधुरता र प्रेम बढ्ने छ । पेशागत जीवनमा सफलता प्राप्त हुने छ भने आम्दानीमा पनि सन्तोषजनक बृद्धि देखा पर्ने छ । घमण्डिपनामा भने नियन्त्रणको प्रयास गर्नु होला ।

वृश्चिक

मनमा दृढताको अभाव हुने छ । सापटि दिएको पैसा डुब्ने छ । त्यसैले सरसापट दिने बारेमा सोच विचार अपनाउँदा ठिक हुने छ । पेशा तथा व्यावसायमा श्रमिक समस्याबाट जुध्नु पर्ने छ । पेशागत जीवनमा संघर्षरत रहनु पर्ने छ । आम्दानीमा ठिक्क महत्वाकांक्षा राख्नु नै वाञ्छनीय रहने छ ।

धनु

भाग्यको बलियो साथ रहेकाले जित आफ्नै हुने छ । धर्म कर्ममा तिब्रता आउने छ । अरुले कदर गर्ने छन् तर आफ्नै परिवारका सदस्यहरुले भने आलोचना गरिरहने छन् । पेशागत जीवनमा भने संयमित रहनु होला । आम्दानी औसत खालको रहने छ । जोखिमपूर्ण भन्दा निरन्तरतालाई ध्यान दिँदा जोखिमबाट बच्न सकिने छ ।

मकर

मनमा अस्थिरताका क्रम निरन्तर रहँदा उदासिनताले सताउने छ । परिवारमा किचलो रहने छ । मनमा निराशाका क्रमहरु देखा पर्ने छन् । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा कठिनाईबाट गुज्रनु पर्ने छ । आथिक असन्तुलनको अवस्था आउने छ । मान प्रतिष्ठामा क्षय हुने छ ।

कुम्भ

अरुले भनेका साना कुराले पनि मनमा चोट पु¥याउने छ । सामाजिक खालको स्वाभाव हुने छ । परिवारका सम्बन्धहरुमा सुधारका संकेत देखा पर्ने छन् । पेशागत जीवन र आम्दानीमा सन्तुलन कायम हुने छ । बादबिबादबाट टाढा रहनु होला ।

मीन

भावनात्मक सोचाईले गर्दा अलि अव्यावहारिक जस्तो लाग्ने छ । यात्रामा समस्या आउने छ । परिवारमा मधुरता र मिलन छाउने छ । दाम्पत्य जीवनमा पनि मधुरता कायम रहने छ । पेशागत जीवन अनुकुल नै रहने छ । आर्थिक पक्ष धेरै बलियो नभए पनि जोखिमयुक्त पनि हुने छैन् ।

(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया