आइतबार, वैशाख ३०, २०८१

आजको राशिफल : मंसिर एक गते बुधबार

ज्यो. दिवाकर पन्त २०७८ मंसिर १ गते ६:१३

आज २०७८ साल मंसिर महिनाको एक गते बुधबार, कार्तिक शुक्लपक्षको त्रयोदशी तिथि । आजदेखि मंसिर महिना आरम्भ, आज मंसिर संक्रान्ति ।

Advertisement

मेष
मनोबलमा गिरावट हुँदा कामहरु गर्नका लागि आँट आउने छैन् । मनमा चिन्ता र भविष्य प्रतिको अनिश्चयतको भयले पिरोल्ने छ । पेशागत जीवन र आम्दानीको अवस्था भने शुभ नै रहने छ । यात्रारत रहनु पर्ने छ ।

वृष
आम्दानीमा पनि थोरै गिरावट आउने छ ।मनोबल उच्च हुने छ । रिस पनि कडा हुने भएकाले यसबारेमा ध्यान दिनु उपयुक्त हुने छ । पेशागत क्षेत्र अलि चुनौतिपूर्ण देखिन्छ । यात्रामा कठिनाईको वातावरण उत्पन्न हुने छ ।

मिथुन
आम्दानीमा बृद्धि हुने छ । आकस्मिक धन लाभ हुने र डुबेर बसेका धन उठ्ने छन । बोलीका प्रभावका कारण ठुलाबडाहरु प्रभावित हुने छन् । परिवारमा मिलन र मधुर वातावरण आउने छ । परिवारमा शान्ति छाउने छ ।

कर्कट
आम्दानीमा बृद्धि हुँदा आर्थिक अवस्था सवल बन्ने छ । नरम खालको व्यक्तित्व बन्ने छ । बाठो र छिट्टै निर्णय लिने स्वाभावका कारण कार्यहरु तिब्रतम गतिमा अघि बढ्ने छन् । परिवारमा भने तनावको अवस्था आउने छ ।

सिंह
आम्दानीको अवस्था औसत खालको रहने छ । परिवारको साथका कारण मनोबल कायम रहने छ । पेशागत जीवनमा बादबिबाद र झैझगडाको अवस्थाबाट गुज्रनु पर्ने छ । व्यक्तित्व दृढ खालको हुने तर रिसको मात्रा पनि अत्याधिक धेरै हुने भएकाले संयमित रहनु होला ।

कन्या
मिष्ठान्न भोजन गर्न भने पाइने छ । आम्दानी सोचे जस्तो रहने नभएकाले आर्थिक दबाब सृजना हुने छ । दाम्पत्य जीवनमा कटुताको अवस्था आउने छ । साझेदारीमा गरिएका काममा पनि प्रगति हुने छ । पेशागत जीवन सतत रुपमा अघि बढ्ने छ । स्वास्थ्यमा भने समस्या देखिने छ ।

तुला
आम्दानी औसत खालको रहने छ । व्यक्तित्व भने दृढ खालको हुने हुँदा अरुले पेल्ने भने छैनन् । पेशागत जीवन सहज रहने छ । निर्णयहरु लिने क्रममा भने धैर्य भएर अघि बढ्नु होला । साझेदारहरुले धोका दिने जोखिम रहने छ ।

वृश्चिक
बोली धेरै कडा खालको हुने छ । आम्दानीमा गिरावट आउने छ । पेशागत जीवन सामान्य खालको रहे पनि बोससँग बिबाद चर्किन समय देखिएकाले संयमित रहनु होला । दाम्पत्य जीवनमा बिबाद आउने छ ।

धनु
आम्दानीमा बृद्धि हुने र बचतको समय सक्रिय रहेको छ । पेशागत जीवनमा उन्नति प्रगति र कदर हुने छ । तर मनमा भने उदासिनताले सताइ रहने छ । समाजप्रति केन्द्रीत हुन मन लाग्ने छ । स्वास्थ्यबारे सचेत रहनु नै उचित हुने छ ।

मकर
भाग्यको साथ नभएकाले कामहरु बिग्रने छन् । सोचे जस्तो आम्दानी हुने छैन् भने ऋणको बोझ थपिने छ । मन लुलो खालको हुने हुँदा अरुले सानो आलोचना गरे पनि मनमा धेरै चोट पुगेको आभाष हुने छ । पेशागत जीवनमा धैर्य भएर कदमहरु चाल्नु होला ।

कुम्भ
भाग्य बलियो भएकाले आँटेका कामहरु भने पुरा हुने तर्फ जाने छन् । आम्दानी औसत हुने छ ।समाजमा आलोचना गर्नेहरु धेरै हुने छन् । पेशातग जीवन भने सकारात्मक रहने छ । परिवारमा वैमनश्यता रही रहने छ ।

मीन
प्रतिष्पर्धात्मक क्षमता हुने भएकाले कठिनाईमा पनि जुध्ने र अघि बढि रहने बानी कायम रहने छ । आम्दानीमा भारी गिरावट आउने छ । पेशागत जीवन औसत खालको हुने छ । जीवनसाथिको साथले ठुलो भरथेग हुने छ । मुद्धा मामिलाका बारेमा भने सचेत रहनु होला ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया