शनिबार, वैशाख २९, २०८१

आजको राशिफल : कार्तिक २८ गते आइतबार

ज्यो. दिवाकर पन्त २०७८ कार्तिक २८ गते ६:२३

आज २०७८ साल कार्तिक महिनाको २८ गते आइतबार, कार्तिक शुक्लपक्षको दशमी तिथि । आज विश्व मधुमेह दिवस रहेको छ ।

Advertisement

मेष
समय अनुकुल रहेको छ । प्रभावकारी बाणि हुने छ जसका कारण अरुको विश्वास आर्जन गर्न सकिने छ । आर्थिक अवस्था सहज नै रहने छ । पेशागत जीवनमा नयाँ गति प्राप्त हुने छ । परिवारमा भने तनावको वातावरण सृजना हुँदा मनमुटाव बढ्न जाने देखिन्छ ।

वृष
परिवारमा सुख शान्तिको अवस्था आउने छ । प्रगति गर्नु पर्दछ भन्ने विचार र गतिले गर्दा उन्नति प्रगतिका मार्गहरु खुल्ने छन् । व्यवस्थापकीय क्षमतामा बृद्धि हुने छ । पेशागत जीवनमा भने स–साना विषयहरु निरन्तर रुपमा समस्याका रुपमा आउने छन् ।

मिथुन
बोलीको प्रभाव बढ्ने छ । साथिभाइको साथका कारण नयाँ नयाँ काम शूरु गर्न भरथेग मिल्ने छ । पेशागत क्षेत्रमा आफ्नो भुमिकाको कदर हुने र थप जिम्मेबारी प्राप्त हुने छ । यात्रामा भने कठिनाईको सामना गर्नु पर्ने छ । आम्दानीमा आंशिक बृद्धि देखा पर्ने छ । पैतृक सम्पत्तिमा किचलो हुने छ ।

कर्कट
छिमेकीहरुसँग द्वन्द बढ्न जाने छ । नातेदारहरुसँग पनि मनमुटाव र दुरी बढ्ने छ । असजिलो परिस्थितिमा पनि मनोबल भने उच्च रहने छ । रिस धेरै हुँने हुँदा यसका बारेमा संयमित हुन नसके झैझगडाका क्रमहरु धेरै देखा पर्ने छ । पेशागत जीवन संघर्षमय रहने छ ।

सिंह
तामसी खानेकुराहरु तर्फ रुचि बढ्ने छ । स्वास्थ्य समस्या निम्तिने जोखिम देखिएकाले संयमित रहनु उपयुक्त हुने छ । पेशागत जीवनमा उतार चढावको सामना गर्नु पर्ने छ । आम्दानीमा पनि गिरावट आउने छ । यसले आर्थिक व्यवस्थापनमा जटिलता थप्ने छ । आफन्तहरुसँग बिबाद चर्किने छ ।

कन्या
समय औसत प्रकृतिको रहने छ । दृढता भने कायम रहने छ । प्राकृतिक विषयवस्तुले आकर्षित तुल्याउने छन् । अघि बढाएका कार्यहरु अघि बढ्ने छन् । परिवारमा मधुरता र एक अर्कामा सहयोग गर्ने वातावरण रहने छ । पेशागत जीवन औसत खालको रहने छ । आर्थिक रुपमा समय औसत खालको रहने छ ।

तुला
आफूले विश्वास गरेकाहरुसँग सतर्क रही पाइला चाल्नु पर्ने देखिन्छ । साझेदारीमा गम्भीर समस्याहरु आउने छन् । पैतृक सम्पत्तिका विषयमा बिबाद चर्किने छ । पेशागत जीवनमा आरोप प्रत्यारोपको अवस्था आउने भएकाले सतर्क रहनु नै ठिक हुने छ । मनोबलमा कमि आउने छ । आर्थिक असन्तुलन पैदा हुने छ ।

वृश्चिक
बोलीमा प्रभावकारीपना आउँदा अरुको विश्वास जित्न सकिने छ । आम्दानीमा बृद्धि हुँदा सहज हुने छ । यात्राबाट मनोरञ्जन लिन मन लाग्ने छ । साथिभाइको साथले बिगतको कटुता सामान्यतर्फ जाने छ । सवारीसाधन जन्य विषयमा जोखिम रहेकाले सतर्क रहनु होला पेशागत जीवन औसत खालको हुने छ ।

धनु
रमाइलो खालको व्यक्तित्व हुने छ । प्रेममा सफलता प्राप्त हुने छ । मुद्धा मामिलासँग सम्बन्धित विषयमा जित हुने समय सक्रिय रहेको छ । पेशागत जीवनमा केही लाभको अवस्था रहने छ । शिक्षासँग सम्बन्धित विषयमा बादबिबाद हुने देखिएको छ । विदेश यात्रामा समस्याहरु देखा पर्ने छ ।

मकर
आकस्मिक लाभ प्राप्त हुने छ । पूर्व तालिका नगरिएको यात्रा हुने छ । सामाजिक जीवनमा महत्व बढ्न पुग्ने छ । आर्थिक आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा पदोन्नति तथा उन्नति प्रगतिको अवस्था छ । परिवारमा समन्वय र प्रेम बढ्ने छ । बौद्धिक खालको व्यक्तित्व हुने छ ।

कुम्भ
कमाईमा निरन्तर बृद्धि हुने छ । पेशागत जीवनमा सकारात्मक नतिजा प्राप्त हुने छ । धार्मिक आध्यात्मिक स्वाभावमा बृद्धि हुने छ । व्यक्तित्वको कदर हुने छ । पारीवारिक जीवनमा भने अन्योलता कायम नै रहने छ । आफन्तजनले कठिनाई सामना गर्ने छन् । आँट र भरोषामा बृद्धि हुने छ । स्वास्थ्य अवस्थामा भने कमजोरी देखिने छ ।

मीन
समय जोखिमपूर्ण देखिन्छ । आर्थिक अवस्था बिग्रने हुँदा ऋण लिनु पर्ने अवस्थामा पुगिने जोखिम देखिन्छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने र दोषारोपणको आरोप खेप्नु पर्ने छ । प्रेममा असफलता हात लाग्ने छ भने दाम्पत्य जीवनमा पनि बिबाद देखा पर्ने छ । साथिभाइको भने साथ पाइने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया