बुधबार, वैशाख २६, २०८१

देशभर थप ३१७ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक २५ गते १६:४५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ६०९ जनाको पीसीआर परीक्षणमा ३०१ र ३ हजार ४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा भने विहीबार थप १५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११०, ललितपुरमा ३६ र भक्तपुरमा ७ जना संक्रमित थपिएका हुन् ।

यस्तै काठमाडौं उपत्यकामा १४९९ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ५१०, ललितपुरमा ४९७ र भक्तपुरमा ४९२ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टाको अवधिमा देशभरबाट थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकाअनुसार निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ ।

Advertisement

प्रतिक्रिया