आइतबार, वैशाख ३०, २०८१

आजको राशिफल : कार्तिक २५ गते बिहीबार

ज्यो. दिवाकर पन्त २०७८ कार्तिक २५ गते ६:३०

आज २०७८ साल कार्तिक महिनाको २५ गते बिहीबार, कार्तिक शुक्लपक्षको सप्तमी तिथि । आज फाल्गुनन्द जयन्ती रहेको छ ।

Advertisement

मेष
भाग्यको बलियो साथ रहेको छ, जसले गर्दा अवरोधहरु र कठिनाईहरु समाधान गर्न साहस र आन्तरिक बुद्धि प्राप्त हुनेछ । पेशागत जीवनमा स–सानो उतार चढाव आएता पनि औसतमा यो सकारात्मक दिशामा नै अघि बढ्ने छ । मनमा दुविधा हुने भएकाले काम प्रति मन केन्द्रीत हुन नसक्दा कार्य सफलतामा भने कमि आउने छ ।

वृष
ब्यक्तित्वमा कमि आउने छ । बोलीको प्रभावमा कमि आउने भएकाले विचार गरेर मात्र बोल्नु होला । आम्दानीको विषयलाई लिएर मनमा अन्योल र असन्तोष उत्पन्न हुन जाने छ । यसले थप चिन्ता बढाई दिने छ । भाग्यहिनताको अनुभुति हुने भएकाले यसले कार्य सफलतामा असर पार्ने छ । पेशागत तथा ब्यावसायिक जीवनमा अवरोधहरु आउने छन् ।

मिथुन
आम्दानीमा थोरै भए पनि बृद्धि हुन पुग्ने छ । मनोबल उच्च रहने छ । नेतृत्व क्षमतामा पनि बृद्धि हुने छ । भाग्यको साथ रहेकाले धन, सम्पत्ति तथा भाग्यमा बृद्धि हुने छ । पेशागत जीवन भने अलि अस्थिर हुन पुग्ने भएकाले सतर्कता अपनाउनु होला । जीवनसाथिको साथमा कामलाई अघि बढाएमा फाइदा हुने देखिन्छ भने जीवनसाथिको साथले लक्ष्य प्राप्तिमा ठुलो मद्दत पुग्ने छ । साझेदारीमा गरिएका कामहरुले पनि राम्रो नतिजा दिने छन् ।

कर्कट
प्रतिष्पर्धी स्वाभाव हुने छ । आफ्नो पैतृक सम्पत्ति तथा आफुले सृजना गरेको धन सम्पत्तिबाट सुखको अवस्था सृजना हुने छ । छोटोछोटो यात्रा गर्नु पर्ने अवस्था देखिन्छ । ब्यक्तित्वमा भने गिरावट आउने छ । शरीर कमजोर हुने तथा रगतसँग सम्बन्धी विषयमा भने सतर्क रहनु होला । पेशागत जीवनमा भने चुनौतिहरु र विवाद देखा पर्न जाने छ ।

सिंह
समय अलि प्रतिकुल रहेकाले सतर्कतासहित अघि बढ्नु होला । बोल्ड ब्यक्तित्व हुने छ । मनमा उदासिनता बढ्ने र चिन्ताले सताउने छ । प्रेममा सफलता प्राप्त हुने छैन । आत्माबल बलियो हुने भएकाले परिस्थितिसँग जुध्न साहस भने प्राप्त हुने छ । पेशा तथा ब्यापार ब्यवसायमा आशातित सफलता र नतिजा प्राप्त नहुने भएकाले निराश नभई अघि बढ्नु पर्ने देखिन्छ ।

कन्या
मनमा उदासिनता बढ्ने छ । आफैले सृजना गरेका घर, घडेरी तथा बाहन बेच्नु पर्ने र त्यसबाट खर्च गर्नु पर्ने समय रहेकाले विचार गरेर मात्र अघि बढ्दा उपयुक्त हुने छ । भाग्यको साथ नभएको जस्तो मनमा लागि रहने छ । रिस धेरै कडा हुने भएकाले यसलाई नियन्त्रण गर्न हरदम प्रयास गर्दा उपयुक्त हुने देखिन्छ । राजनीति तथा प्रशासन क्षेत्रमा संलग्नहरुको हकमा आफूले निर्वाह गरेको भुमिको कदर हुने छ ।

तुला
ब्यक्तित्व भने बोल्ड खालको हुने छ । मनमा अत्यन्त निराशा उत्पन्न हुने छ । समय अलि प्रतिकुल नै उन्मुख रहेकाले धेर्यताको खाँचो छ । मन उदास हुने भएकाले कर्मको जीवनमा पनि यसले जोश र जाँगरको अभाव सृजना गरिदिने छ । जीवनसाथिको साथ लिए काम गरेमा यसले सार्थकता पाउने छ ।

वृश्चिक
दाम्पत्य जीवनमा मधुरताको कमि हुने छ जसले गर्दा मनमा उदासिनता थपिने छ । मनमा निरन्तर दुविधा आउने भएकाले निर्णय क्षमतामा कमि भएको जस्तो ब्यक्तित्व देखा पर्ने छ ।साझेदारीमा गरिएका कार्यहरुमा अवरोध आउने छन् । पेशागत जीवनमा भने सकारात्मक तथा स्थिर रहने नै देखिन्छ ।

धनु
आम्दानीमा हुने केही बृद्धि वा सकारात्मक परिस्थितिले केही सन्तोष अवश्य प्रदान गर्ने छ । मेहनति र पराक्रमी स्वाभाव भने निरन्तर रहने छ । मन उदास हुने भएकाले उत्साह र उमङ्गको कमि हुन जाने छ । मन नियन्त्रण गर्न योग र ध्यानलाई पनि स्थान दिनु होला । परिवारको भरोसा आफुप्रति बढ्न पुग्ने छ । पेशा तथा ब्यवसायमा समस्याहरु तथा अवरोधहरु देखा पर्ने छन् ।

मकर
धन सम्पत्तिमा थोरै भए पनि बृद्धि हुन पुग्ने छ । पारिवारिक जीवनमा नेतृत्व गर्नु पर्ने जिम्मेबारी आउने छ । पेशागत जीवनमा नसोचिएका समस्याहरु उत्पन्न हुन जाने भएकाले त्यसले अनावश्यक झमेलामा धकेलिदिने छ । पेशागत जीवन र ब्यावसायिक जीवनमा अवरोधहरु आउने छन् । कठिनाईसँग जुध्नु पर्ने समय भएकाले भगवानप्रति भरोसा राख्दै अघि बढ्दा उपयुक्त हुने छ ।

कुम्भ
मनमा अनावश्यक दुविधा र चिन्ता थपिने भएकाले मनोबलको अभाव देखिने छ । आर्थिक लेनदेनमा विचार गरेर मात्र कारोवार गर्नु होला । बोलीमा एक रुपता हुने छैन् । तुरुन्तै नरम र तुरुन्तै कडा खालको बोली हुने हुँदा दुविधात्मक स्वाभाव देखा पर्न जाने छ । भाग्यको साथ रहनाले प्रतिकुलतासँग जुध्न शक्ति प्राप्त हुने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा कार्य सम्पन्न हुन मद्दत पुग्ने छ ।

मीन
मनमा अलि निराशाको भाव भने पैदा भइरहने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले प्रतिकुल परिस्थितिमा पनि मनोबल कायम राख्न मद्दत पुग्ने छ । तर अनावश्यक शुरोपनामा पनि भारी बृद्धि हुने भएकाले यसबारेमा भने निकै सतर्क रहँदा उपयुक्त हुने छ । पेशागत जीवन र व्यवसायमा थप जोखिम उठाउनु पर्ने अवस्था आउँछ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया