बुधबार, वैशाख २६, २०८१

चीनमा कोरोनाविरुद्ध दुई अर्ब ३४ करोड डोज खोप लगाइयो

मेरोन्यूज २०७८ कार्तिक २३ गते २०:२१

काठमाडौँ । चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइएको छ । चिनियाँ ‘नेशनल हेल्थ कमिसन’ले मंगलबार जानकारी दिँदै उक्त परिमाणको खोप लगाइएको जनाएको हो ।

Advertisement

चीन विश्वको तुलनामा सबैभन्दा बढी कोरोनाविरुद्ध खोप लगाउने देशको रुपमा परेको छ । सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थियो ।

सो समयदेखि हालसम्म विश्वभर २५ करोड ११ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । ५० लाख ७३ हजारभन्दा बढी व्यक्तिको यसको संक्रमणको कारण मृत्यु भएको छ । यद्यपि, २२ करोड ७४ लाख ६ हजारभन्दा बढी व्यक्ति कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया