बिहीबार, वैशाख २७, २०८१

सुदूरपश्चिममा १६ जना कोरोनाबाट संक्रमित

मेरोन्यूज २०७८ कार्तिक २३ गते १९:०९

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पिसिआर र एन्टिजेन विधिबाट ८ सय जनाको नमूना परीक्षण गरिएको थियो ।

Advertisement

स्वास्थ्य निर्देशनालयका अनुसार १४ जनामा आरटी पिसिआर र दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा संक्रमण देखिएको हो । पिसिआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १४ र एन्टिजेनमार्फत कञ्चनपुरका दुई जनामा संक्रमण देखिएको हो ।

प्रदेशभर १३ संक्रमित निको भएर घर फर्किएका छन् । उक्त अवधिमा प्रदेशमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कैलालीको धनगढी उपमहानगरपालिका ५ का ७२ वर्षीया महिलाको ज्यान गएको हो ।

सोमबार प्रदेशमा ३० जनाका कोरोना संक्रमण पुष्टि भएको हुनाका साथै ३० जना संक्रमण मुक्त भएका थिए ।

प्रतिक्रिया