बिहीबार, वैशाख २७, २०८१

मन्त्रिपरिषद्को निर्णय

६० लाख डोज फाइजर खोप खरिदका लागि स्वीकृति दिने

मेरोन्यूज २०७८ कार्तिक २३ गते १६:४०

काठमाडौं । सरकारले ६० लाख डोज फाइजरको खोप खरिदका लागि स्वीकृति दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६० लाख ९ सय डोज फाइजर खोप खरिदका लागि गरेको प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृति दिने निर्णय गरेको छ ।

Advertisement

सरकारले १८ वर्षसम्मका बालबालिकाका लागि खोप लगाउन उक्त खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको थियो। खोप खरिदका लागि स्वास्थ्य सेवा विभागमा केही कानुनी अप्ठ्यारो देखिएपछि सरकारले खोप खरिदको अधिकार प्रत्यायोजनसहित बाधा अड्काउ फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले मेरोन्युजलाई जानकारी दिए ।

फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई समेत लगाउन सकिने विभिन्न अध्ययनले देखाएको छ। नेपालमा पनि गाभीको सहयोगमा १ लाख ६२० डोज फाइजरको खोप आइसकेको छ। उक्त खोप कार्तिक २८ गतेदेखि बालबालिकालाई दिने स्वास्थ्य सेवा विभागको खोप महाशाखाले जनाएको छ ।

प्रतिक्रिया