आइतबार, वैशाख ३०, २०८१

आजको राशिफल : कार्तिक २३ गते मंगलबार

ज्यो. दिवाकर पन्त २०७८ कार्तिक २३ गते ६:२२

आज २०७८ साल कार्तिक महिनाको २३ गते मंगलबार, कार्तिक शुक्लपक्षको पञ्चमी तिथि ।

Advertisement

मेष
बौद्धिक क्षेत्रमा प्रगति हुने छ । मनमा एकतमासको बिरक्तिले सताउने छ । तर भाग्यको साथ रहेकाले परिस्थिति भने बिग्रन पाउने छैन् । पारीवारिक जीवनमा कटुताको सामना गर्नु परेता पनि व्यवस्थापन हुन पुग्ने छ । आर्थिक रुपमा भने केही दबाबको सामना गर्नु पर्ने छ ।

वृष
भगवानप्रति श्रद्धा बढ्ने छ । स्मरणशक्तिमा गिरावट आउने छ । निर्णय क्षमतामा पनि कमजोरी देखिने हुँदा सोच विचार गरेर मात्र निर्णयहरु लिनु उपयुक्त हुने देखिन्छ । भाग्यको साथ कम रहेकाले स–साना विषयमा पनि धेरै मेहनत गर्नु पर्ने छ । पेशागत क्षेत्रमा सोचे जस्तो प्रगति हुने छैन् भने केही अवरोहको पनि सामना गर्नु पर्ने छ ।

मिथुन
समाजको कदर र सम्मान प्राप्त हुने छ । सामाजिक जीवन सक्रिय रहने छ । आवश्यकता भन्दा कडा खालको व्यक्तित्व बन्न जाने भएकाले यसबारेमा ध्यान दिनुहोला । दाम्पत्य जीवनमा मधुरता र आपसी समझदारी उच्च हुने छ । पेशागत जीवन औसत खालको हुनेछ । आम्दानीमा बृद्धि हुने छ ।

कर्कट
नयाँ नयाँ काम गरौँ गरौँ लाग्ने छ । उत्साह र उमङ्गले जीवन उर्जाशिल हुने छ । नयाँ नयाँ विचार र सोचाईहरु निरन्तर आउने छ । पेशागत क्षेत्रमा नतिजामुखी काम गर्न नसक्दा विश्वासमा एक खालको कमि देखा पर्ने छ । जीवनसाथिको साथले गर्दा आँट र भरोसा प्राप्त हुने छ ।

सिंह
बोलीकै कारण बन्न लागेका कामहरु पनि बिग्रन जाने जोखिम देखिएका कारण संयमित रहँदा नै उचित हुने देखिन्छ । नरम भन्दा चर्काे शैलीको स्वाभाव हुँदा अरुले असहज महशुस गर्ने छन् । पेशागत जीवनमा स्थिरता रहने छ भने आम्दानीमा निरन्तरता रहने छ । परिवारमा किचलोको वातावरण रहने छ ।

कन्या
नरम खालको व्यक्तित्व हुने हुँदा अरुसँग मिलनसार स्वाभाव हुने छ । विचार व्यवहारमा प्रष्टताको अभाव हुने हुँदा अरुले अन्योलग्रस्त व्यक्तिका रुपमा लिने छन् । पेशागत क्षेत्र औसत खालको हुने छ तर आम्दानीमा गिरावट आउँदा आर्थिक असन्तुलन हुन जाने छ । साझेदारीमा गरिएका कामबाट लाभ प्राप्त हुने छ ।

तुला
आम्दानीमा बृद्धि हुने छ । परिवारप्रति समर्पित हुन मन लाग्ने छ । आफ्नो लक्ष्य तथा सपना प्राप्तिका लागि जोड बलले सक्रिय रहने स्वाभाव हुने छ । बोलीको प्रभावकारीताका कारण लोकप्रियता हासिल हुने छ । घर घडेरी जोड्ने समय सक्रिय रहेको छ । पेशागत जीवनबाट पनि लाभ मिल्ने छ । आम्दानीमा पनि बृद्धि हुने छ ।

वृश्चिक
आम्दानीका क्षेत्रहरुमा केही प्रगतिका लक्षणहरु देखिने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले प्रतिष्पर्धीहरुले पेल्न सक्ने छैन् । समय अनुकुल रहेको छ । पेशागत जीवनमा आशा गरे जस्तो नभए पनि धेरै अशुभ पनि हुने छैन् । सवारीसाधनसँग सम्बन्धि विषयमा भने लफडाहरु उत्पन्न हुने छ ।

धनु
सामाजिक छविमा सुधार आउने छ । धर्म अध्यात्मप्रति तिब्रता आउने छ । धन धान्यमा बृद्धि हुने छ । पेशागत क्षेत्रमा धैर्य भएर अघि बढ्नु पर्ने छ । खर्च धेरै हुने तर सो अनुसार आम्दानीमा बृद्धि नहुँदा आर्थिक चक्रमा खलल आउने विषयले मनमा दबाब उत्पन्न गराउने छ । परिवारमा द्वन्द निम्तिने छ ।

मकर
मनमा दृढता आउने र बाहिरबाट पनि बाठो खालको व्यक्तित्व हुने छ । भाग्यको साथ रहेको छ । बोली मिठो खालको हुने हुँदा अरुको मन जितिने छ । धन सम्पत्तिमा बृद्धि हुने छ भने पेशागत जीवनमा भने केही चुनौतिको सामना गर्नुपर्ने छ । सन्तानका गतिबिधिबाट आरोप सहनु पर्ने छ ।

कुम्भ
पेशागत क्षेत्रमा तिब्रता आउने र कामहरु थपिने छन् । बोलीको प्रभावकारीता बढ्ने छ । व्यापारमा तिब्रता आउने र कमाईमा पनि बृद्धि हुने छ । तर पारीवारिक सदस्यहरुका बीचमा भने अविश्वास पैदा हुँदा स–साना विषयमा पनि उल्झनहरु आउने छ । यात्रामा समस्या हुने छ भने नयाँ नयाँ शिप सिक्नमा तिब्रता आउने छ ।

मीन
पैसाको हिसावले धेरै आम्दानी नबढे पनि अन्य खालका आम्दानीमा बृद्धि हुने छ । विभिन्न खाले उपहार प्राप्त हुने छ । समाजमा अरुले कदर गरे पनि घर परिवारका सदस्यहरुले भने आलोचना फैलाउने छन् । पेशागत जीवनमा थप भूमिका प्राप्त हुने छ । रिस नियन्त्रण गर्नु पर्ने भएकाले यसबारेमा संवेदनशिल रहनु होला । सवारीसाधन चलाउँदा ध्यान दिनु पर्ने देखिन्छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया