शुक्रबार, वैशाख १४, २०८१

सरकारलाई प्रभावकारी बनाउन ११ सदस्यीय कार्यदल गठन

मेरोन्यूज २०७८ कार्तिक २२ गते १९:४६
फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनमा आवद्द ५ दलले सरकारलाई सहयोग गर्न ११ सदस्यीय उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बसेको सत्ता गठबन्धन दलको बैठकले यस्तो समिति बनाउने निर्णय गरेको हो ।

कांग्रेस सभापति शेरवहादुर देउवा गत असार २८ मा प्रधानमन्त्री नियुक्त भईरहँदा सत्ता गठबन्धनमा आवद्द दल हरु कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्टिय जनमोर्चाले यस्तो संन्यत्र बनाउने समझदारी गरेका थिए ।

देउवाले सत्ताको नेतृत्व सम्हालेको ४ महिना पुग्न लाग्दा पनि सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भनी आलोचना शुरु हुन लागेका बेला सत्ता गठबन्धन दलको सोमबारको बैठकले संन्यत्र बनाउने निर्णय गरेको हो । यसको उदेश्य सरकारको कामलाई प्रभावकारी बनाउन कसरी सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेर काम गर्ने हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिए ।

गठबन्धनमा ५ ओटै दलबाट दुई दुई जना सदस्य रहनेछन् । त्यस्तै सरकारको तर्फबाट कानुनमन्त्री पनि सदस्य रहनेछन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवा संन्यत्रमा छैनन । तर गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले संन्यत्रको हरेक बैठकमा आफु सहभागी हुने प्रतिवद्धता जनाएका छन् । संन्यत्रको नेतृत्व ५ ओटै दलले आलोपालो प्रणालीका आधारमा प्रत्यके दुई दुई महिनामा गर्ने समझदारी बनेको वैठकमा सहभागी एक नेताले बताए । बैठकमा शुरुको दुई महिना कांग्रेसले नेतृत्व गर्नेछ ।

कांग्रेसको तर्फबाट संन्यत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल , जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव संन्यत्रमा रहने टुग्गो लागेको छ । माओवादी, नेकपा एस र जसपाबाट अर्काे एक एक सदस्यको नाम टुग्गो लागेको छैन । सम्वन्धित दलले नेताहरुसँगको परामर्शका आधारमा नाम टुग्गो लगाउने वताएका छन् ।

संन्यत्रमा सरकारमा सहभागी नभएपनि सरकारलाई साथ र समर्थन जनाउँदै आएको राष्टिय जनमोर्चाका तर्फबाट अध्यक्ष चित्रवहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल रहने टुग्गो लागेको छ ।

सोमबार बसेको गठबन्धन बैठकले समिति संयोजकमा शुरुमा कांग्रेसका रामचन्द्र पौडेलले दुई महिना नेतृत्व गर्ने समझदारी बनेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

माओवादीवाट नारायणकाजी श्रेष्ठ पनि संन्यत्रमा रहने करिव पक्का छ । उनले सरकार गठनको लामो समयसम्म समझदारी अनुसार संन्यत्र नवनेको भनी केही दिन देखि असन्तुष्टि जनाउँदै आएका थिए । उनले सामाजिक सन्जालमै यस वारे आफनो असन्तुष्टि पोखेका थिए ।

तर सोमबार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बालुवाटारमा भेटवार्ता पछि साँझ गठवन्धन दलको बैठक बोलाएर यस सम्वन्धमा निर्णय लिने समझदारी बनेको थियो । सोही आधारमा साझ गठबन्धन वैठकले संन्यत्र निर्माण गरेको हो ।

आसन्न चुनावमा मिलेर जाने समझदारी


सत्ता गठवन्धन दलले आगामी राष्टिय सभा र आसन्न अन्य चुनावमा पनि मलिेर जाने समझदारी जुटाएका छन् । यस विषयमा पनि संन्यत्रले गृहकार्य गर्ने माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । फागुन देखि राष्टिय सभाका १९ जना सांसदहरुको पदावधी सकिदैछ । त्यसका लागि निर्वाचन गर्ने गरी भित्री तयारी शुरु भईसकेको छ । उक्त चुनावमा सत्ता गठबन्धनका ५ दलले मिलेर चुनाव लडनेछन् ।

ुतत्काल यो समितिले राष्ट्रियसभा रिक्त सदस्य निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचनमा मिलेर जानेबारे गृहकार्य गर्नेछ। अनि सरकारलाई समग्र हिसाबले सहयोग गर्नेछु, वैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने ।

प्रतिक्रिया