बुधबार, वैशाख २६, २०८१

थप ३९० जनामा कोरोना संक्रमण ,४२५ जना संक्रमणमुक्त

मेरोन्यूज २०७८ कार्तिक २२ गते १६:४३

काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभर ३९० जनामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार २६ जनामा गरिएको नमुनाको परीक्षणमा ३९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

सोही अवधिमा ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेकोे छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ४२५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ६५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया