शनिबार, वैशाख १५, २०८१

तिहारमा मिठाई र सेलरोटीसँगै स्वास्थ्यलाई पनि ध्यान दिन विज्ञहरुको सुझाब

सञ्जिता खनाल २०७८ कार्तिक १८ गते ११:४३
फाइल फोटो

काठमाडौँ । तिहारलाई एउटा रमाईलो र विभिन्न मिठाई र सेलरोटीको पर्व भनेर चिन्ने गरिन्छ । चाडपर्वको समय पारेर मिठो मसिनो खानु खासै अनौठो पनि होईन तर त्यस्ता खानेकुरा खाँदा हामीले होस् पुर्याउन भुल्यौ भने जिन्दगीभरी अन्य रोगका सिकार भईने स्वास्थ्य विज्ञहरु बताउँछन् ।

जनस्वास्थ्य विज्ञ अरुणा उप्रेतिका अनुसार, चिल्लो, गुलियो, मिसावटयुक्त खाना हाम्रो स्वास्थ्यको लागि राम्रो गदैन् । उनले भनिन्, ‘घर बाहिर बनाएका अझ बासी खानेकुराहरु त कदापि पनि स्वास्थ्यवर्धक हुँदैन । त्यस्ता कुरामा हामीले विर्सेर पनि जोड दिनुहुदैन् ।’

बजारका मिठाईहरु हेर्दा राम्रो चिल्ला र चम्किलो बनाईएको हुन्छ । तर त्यसमा मिसाएका थरीथरिका रासायनिक पदार्थहरु र त्यसमा मिसाएका अखाद्य रङगहरु प्रयोग भएको हुने हुदाँँ त्यस्ता मिठाई नखान उनको सुझाब छ ।

सामान्य व्यक्तिहरुले यस्ता तारेका, गुलियो हालेका खानेकुरा बढी मात्रामा खादा क्यालोरी बढ्ने, कोलोस्ट्रोल बढ्ने, छाती पोल्ने, धेरै गुलियो र चिल्लो खाँदा रिगंटा, वाकवाक लाग्ने जस्ता समस्याहरु देखिने सम्भावना हुने उनले बताईन् ।

धेरै मात्रामा गुलियो प्रयोगले मानिसमा मोटोपनको समस्यालगायत अन्य थुप्रै स्वास्थ्य समस्याहरु देखिने उनले जानकारी दिइन् । तिहारको समयमा मधुमेह, उच्चरक्तचाप, मोटोपन, कलेजो, किड्नी, मुटु, दम, पेटसम्बन्धी समस्या भएका बिरामीले विशेष ध्यान दिन विज्ञहरु बताउँछन् ।

पोषणविज्ञ कबिता मर्हजनका अनुसार नेपालीहरुको पर्व तिहारमा बढी मात्रामा मिठाईको प्रयोग गरिन्छ, जसमा चिनीको मात्रा धेरै हुन्छ । स्वास्थ्यको दृष्टिकोणले चिनीलाई स्वास्थ्यवर्धक हुदैन् । उनलेभनिन्, ‘रोगमध्ये मधुमेहका बिरामीलाई त गुलियो र चिल्लो भएका खाना विष जस्तै हो ।’

उनका अनुसार मधुमेहको बिरामीलाई मात्रै होइन, अन्य सामान्य व्यक्तिले पनि यस्ता चिनी बढी प्रयोग भएका खानेकुरा सकेसम्म खानुहुदैन् । उनले भनिन्,‘गुलियो परिकार सामान्य व्यक्तिको लागि पनि अवश्यक भन्दा धेरै राम्रो होइन । धेरै मात्रामा गुलियो प्रयोगले मानिसमा मोटोपनको समस्यालगायत अन्य थुप्रै स्वास्थ्य समस्याहरु देखिन्छ ।’

चाडपर्व मनाउँदा मुखको मिठाससँगसँगै स्वास्थ्यलाई पनि ध्यान दिनु उनको सुझाब छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया