शनिबार, वैशाख १५, २०८१

सीपी गजुरेल एक्कासी बेहोस भएपछि अस्पताल भर्ना

मेरोन्यूज २०७८ कार्तिक १५ गते २०:४१

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता एवम् देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल अस्पताल भर्ना भएका छन् ।
कोटेश्वरको नरेफाँटस्थित आफ्नै निवासमा सोमवार मध्यान्ह १२ बजेतिर एक्कासी बेहोस भएपछि काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल ल्याइएको थियो ।
नेता गजुरेललाई हृदयघात भने नभएको अस्पताल प्रशासनले जनाएको छ ।
सोमवार दिउँसो सवा १२ बजे अस्पताल भर्ना गरिएपछि उनले अस्पतालमा बान्तासमेत गरेको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिए । उनकाअनुसार अस्पतालका रिपोर्टहरु सामान्य रहे पनि बेहोस हुनुको कारण भने पत्ता लागेको छैन ।

प्रतिक्रिया