शुक्रबार, वैशाख १४, २०८१

प्रधानन्यायाधीश जबराले तोके पेसी

मेरोन्यूज २०७८ कार्तिक १० गते ११:२६

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पेसी तोकेका छन् । जबराले बुधबार संवैधानिक इजलाससहितको पेसी तोकेका हुन् । उनले आफूमात्रै रहेन पूर्ण इजलासमा पनि पेसी तोकेका छन् ।

सर्वोच्च अदालतका अन्य न्यायाधिशले इजलास बहिष्कार गर्ने जनाएका छन् । उनीहरुले अहिलेका लागि छलफल बोलाएका छन् । सर्वोच्चका न्यायाधिशले छलफलपछि प्रधानन्यायाधिशलाई लिखित रुपमा राजीनामा गर्न माग गर्ने बताइएको छ ।

तर, प्रधानन्यायाधीश जबराले आफूसहित वरिष्ठतम् न्यायाधीशहरु रहेको संवैधानिक इजलासमा पेसी तोकेका छन् ।

प्रतिक्रिया