शनिबार, वैशाख १५, २०८१

काठमाडौंका ३९ पसललाई कारबाही

मेरोन्यूज २०७८ कार्तिक ९ गते १६:४७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका ३९ वटा पसललाई कारबाही गरेको छ ।

प्रशासनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत विभिन्न सरोकारवाला निकायहरुसहित गरेको साताब्यापी बजार अनुगमनका क्रममा खाद्यान्न, लत्ता कपडा, तरकारी लगायतका पसलहरुलाई कारबाही गरेको हो ।

अनुगमनका क्रममा उपभोक्ता हित विपरितका ३९ वटा पसलहरुबाट ३ लाख १० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रकाशन कार्यालय काठमाडौंले जनाएको छ ।

प्रशासनले केही पसलहरुलाई तत्काल सुधार गर्न निर्देशन दिनुका साथै केहीलाई आवश्यक स्पष्टीकरण माग गरेको जनाएको छ ।

प्रतिक्रिया