शुक्रबार, वैशाख १४, २०८१

भेनेजुएलाको निर्वाचनमा संयुक्त राष्ट्रसंघले विज्ञ पठाउने

मेरोन्यूज २०७८ असोज २९ गते १५:३०

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले भेनेजुएलामा हुन लागेको निर्वाचनका लागि विज्ञहरु पठाउने भएको छ । सो कुरा संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ । भेनेजुएलाको सो निर्वाचनमा निर्वाचन अधिकृत, विज्ञहरु पठाउन लागिएको हो ।

त्यहाँ आगामी महिना आम निर्वाचन हुन लागेकोे छ । सो निर्वाचनको प्रक्रियामा नै सहयोग गर्नका लागि उक्त निर्वाचन विज्ञहरुको टिम पठाउन लागिएको बताइएको हो ।निर्वाचनको निश्पक्षता र थप सहजताका लागि संयुक्त राष्ट्रसंघले विज्ञ पठाउन लागेको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको प्रेस सचिवालयले सो जानकारी गराएको हो । सो निर्वाचनका लागि संयुक्त राष्ट्रसंघले प्राविधिक सहयोग पनि उपलब्ध गराएको छ । अन्य प्रक्रियागत सहायता गर्दै आएको राष्ट्रसंघले आगामी महिनाको सो निर्वाचनका लागि निर्वाचन विज्ञहरु नै पठाउन लागेको हो ।

प्रतिक्रिया