शुक्रबार, वैशाख १४, २०८१

‘पार्टीका साथीहरुसँग भेटघाट गरेर दशै मनाउँछु’

कल्याण गुरुङ २०७८ असोज २९ गते ७:४२

यो वर्षको दशै गृह जिल्ला महोत्तरीमा परिवारसँग बसेर मनाउँछु । गाउँमा हुने कार्यक्रमहरुमा सहभागी हुन्छु । पार्टीका साथीहरुसँग भेटघाट गर्छु । फोनमार्फत सातै प्रदेशका साथीहरुसँग सम्पर्कमा रहन्छु । आफ्ना जिल्लाका नेपाली कांग्रेसका साथीहरुसँग दशैको शुभकामना आदानप्रदान गर्छु ।


कांग्रेसको आसन्न महाधिवेशनमा महिले सभापतिमा उठ्ने घोषणा गरिसकेको छु । मेरो सभापतिको उम्मेदावारी घोषणालाई जिल्लाका साथीहरुले स्वागत गरेका छन् । त्यसकारण पनि जिल्लामा रहेपनि दशैंमा नागरिक समुदायहरुका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग घुलमिल गरेर दशैं मनाउँने योजना बनाएको छु ।


साथीहरुले हामी तपाईलाई मत दिन्छौं, अरुलाई पनि मत मगिदिन्छौं । तपाई सभापतिबाट ब्याक हुनु हुदैन भन्नु भएको छ । अहिले जति पनि महाधिवेशन प्रतिनिधि आएका छन् । उनीहरुले आफै फोन गरेर भोट दिने भन्नु भएको छ । त्यसमा आफुले सोचेको भन्दा बढी मत आउँनेमा म बढी नै उत्साहित छु ।


अघिल्लो दशैमा कोभिडको असाध्य ठुलो प्रभाव हुदाँ राम्रोसँग मनाउँन पाइएन । अहिले धेरै मानिसहरुले कोभिड खोप लगाएका छन् । अर्को कोभिड संक्रमण घटेको अवस्था त छैन् तर धेरै मानिसहरुमा चेतना अभिबृद्धि भएको छ । त्यस कारण विगतको दशै जसरी अहिले चाही डर त्यस्तो छैन् ।


पहिलाको तुलनामा अहिलेको दशै केही उमङगको साथमा मनाउँछौं । तर हामीले अझै पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न भने विर्सनु हुदैन् । दशैको समयमा खानपानमा ध्यान नदिँदा झाडापखालाको समस्या देखिन सक्छ । बासी खानेकुरा नखान आग्रह गर्छु ।

यो दशैले नेपाली कांग्रेसभित्र पनि पात्र र प्रवृतिमा परिवर्तन ल्याउँने ढोका खुल्ने छ । १४ आंै महाधिवेशनको नतिजाले पार्टीका पात्र र प्रवृति परिवर्तन हुने छ ।
(मेरोन्यूजकर्मी सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया