शनिबार, वैशाख १५, २०८१

मन्त्रीलाई माधव नेपालको निर्देशन– रक्सी त्यागनुस्, महिलासँग नाम नजोडियोस् (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई इमान्दारी र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन् । पार्टीबाट नियुक्त मन्त्रीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालयमा बोलाएर उनल यस्तो निर्देशन दिएका हुन् ।

उनले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न मन्त्रीलाई निर्देशन दिए । उनले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट मुक्त हुन पनि सचेत गराएका थिए ।

अध्यक्ष नेपालले मन्त्रीहरुबाट विवादमा आउने र बदनामी कमाउने कुनै पनि काम हुनु नहुनेमा जोड दिएका थिए ।

प्रतिक्रिया