आइतबार, वैशाख ३०, २०८१

तिव्र बजार अनुगमन, तर सन्तुष्ट छैन्न उपभोक्ता

हरि भट्ट २०७८ असोज २४ गते ८:५५
फाइल फोटो

काठमाडौँ । हिन्दु धर्मालम्वीका ठूला चाड दशैं र तिहार नजिकिएका छन् । दुई ठुला पर्व नजिकिएसँगै महंगीपनि बढेको छ । महंगीसँगै, मिसावट अखाध्य वस्तुको विक्रिपनि बढी रहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका निकायले बजार अनुगमनलाई तिव्रता दिइरहेको बताएको छ । तर उक्त अननुगमनबाट उपभोत्ताले कुनै राहत महसुस गर्न सकेका छैनन ।

Advertisement

महंगी, कालोबजारी र मिसावटका समान त्यति नै मात्रामा भेटिने गरेको उपभोक्तहरुको भनाई छ ।

काठमाडौँ लगायत देशका प्रमुख सहरमा खाद्य बस्तुको अभाव नभएपनि पहाडी दुर्गम जिल्लामा भने दशैं तिहारको समयमा खाद्य वस्तुको अभावपनि त्यति नै देखिएको छ । खाद्य ब्यवस्था तथा व्यापार कम्पनीले खाध्यानको अभाव हुन नदिने बताएको छ । खाद्यले दुर्गम जिल्लामा हेलिकप्टरमार्फत खाध्यान्न ढुवानी गरिरहेको जनाएको छ ।

यस्तै महंगी, गुणस्तरहिन वस्तु र खाद्य अभाव हुन नदिन खाद्य तथा गूण नियन्त्रण विभाग, खाद्य सामाग्री तथा व्यापार कम्पनी लिमीटेड, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले छुट्टा छुट्टै अनुगमन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालयहरुले पनि बजार अनुगमन गरिरहेका छन् ।

उद्योग मन्त्रालयले पनि छड्के बजार अनुगमन गरिरहेको जनाएको छ । उद्योग मन्त्रालयले दैनिक बजार अनुगमन भइरहेको जनाएको छ । उद्योग मन्त्रालयका प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले कालो बजारी, गुणस्तरहिन वस्तु बिक्रीलाई नियन्त्रण गर्न र बजारमा दशैं र तिहारमा खाद्य वस्तुको अभाव हुन नदिन चाडपर्व लक्षित अनुगमन भइरहेको बताए । यस्तै वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले पनि बजार अनुगमनलाई तिव्रता दिएको छ ।

वर्षभरी बजार अनुगमन गर्दै आएको विभागले पछिल्लो समय चाडपर्व लक्षित बजार अनुगमन गरिरहेको छ । विभागका प्रवक्ता शिवराज सेढाईले चाडपर्वमा जुन वस्तुको धेरै कारोबार भइरहेको छ त्यसमा विभागको बढी ध्यान गएको बताए । उनले गुनासो र उजुरीलाई प्राथमिकतामा राखेर बजार अनुगमन भइरहेको बताए । बजार अनुगमन सम्बन्धी नियम कानुन बनेका छन् ।

उपभोक्तालाई ठग्न, कालोबजारी गर्ने, मिसावट वस्तु बिक्री गर्ने, म्याद गुज्रेका सामाग्री बेच्नेले बजार अनुगमन कार्यबिधि र बजार अनुगमन निर्देशिका अनुसार कारबाही गर्न सकिन्छ । यस्तै कालो बजारी ऐन २०३२ पनि रहेको छ । तर कानुन भएपनि व्यापारीले उपभोत्तालाई ठ्ग्दै आएका छन् । फितलो बजार अनुगमनले गर्दा उपभोक्ताहरु व्यापारीबाट ठगिदै आएका छन् ।

यस्तै गुण नियन्त्रण विभागले पनि बजार अनुगमन भइरहेको जनाएको छ । गुणले संयुक्त र एकल रुपमा बजार अनुगमन गरिरहेको जनाएको छ । गुणका प्रवक्ता मोहन कृष्ण महार्जन चाडपर्वमा अरु समयभन्दा अलि बढी अनुगमन भइरहेको बताए ।

उनले भने, ‘बजार अनुगमन भइरहेको छ । हामीले गुणस्तर सम्बन्धीको अनुगमन गर्छौ । गुणस्तरहीन खाद्य बस्तु विक्रि वितरण गर्नेलाई खाद्य ऐन अन्तगर्त कारबाही हुन्छ । न्यून गुणस्तर खाद्य पदार्थ विक्री गर्नेलाई ५० हजार जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुन्छ ।’

यस्तै दशैं तिहारमा खाध्यान्नको अभाव हुन नदिन खाद्य व्यस्तता तथा व्यापार कम्पनीले पनि बजार अनुगमन गरिरहेको बताएको छ ।
पछिल्लो समयमा दशैं तिहार नजिकिएसँगै खध्यान्न, तरकारी, फलफुललगायतका वस्तुमा महंगी बढेको छ । यस्तै पेयपदार्थ लगायतका सामाग्रीमा मिसावट बढ्दै गएको छ ।

कालो बजारी लगायतको जिल्ला प्रशासन कार्यालयले पनि अनुगमन गरिरहेका छन् । प्रशासन कार्यालयले दोषिलाई कालो बजारी ऐन अनुसार नियन्त्रमा लिइरहेको बताइएको छ । सम्बन्धित निकायले बजार अनुगमन गरिरहेको बताएपनि बजार अनुगमन प्रभावकारी हुन सकेको छैन ।

बाणिज्य विभागले गरेको बजार अनुगमनको सूचि
क्त.सं. मिति जरिवाना नियन्त्रण लिएको
१. २०७८/०६/१८- ६०००० ०
२. २०७८/०६/१८- १४५००० ०
३. २०७८/०६/१७- ६०००० ०
४. २०७८/०६/१६- ५०००० ०
५. २०७८/०६/१५
६. २०७८/०६/१४- ५५००० ०
७. २०७८/०६/१३- २५००० ०
८. २०७८/६/१२- १०५००० ०
९. २०७८/०६/११- १३५००० ०
१०. २०७८/०६/१०- ११६००० ०
११. २०७८/०६/०९- ९७००० ०
१२. २०७८/०६/०८- १३७००० ०
१३. २०७८/०६/०७- ६०००० ०
१४. २०७८/०६/०६- ७०००० ०
१५. २०७८/०६/०५- १७७००० ०
१६. २०७८/०६/०४- २९६००० ०
१७. २०७८/०६/०३- ४५००० ०
१८. २०७८/०६/०२
१९. २०७८/०६/०१- ६०००० ०

दसैँ सुरु भएको समयमा वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागले बजार अनुगनमनलाई रोकेको छ । विभागले १८ गतेबाट बजार अनुगमन गर्न छाडेको छ । दसैँको समयमा उपभोत्ता झन बढी ठगिने देखिएपनि विभागले बजार अनुगमनलाई स्थगित गरेको बताइएको छ ।

हरि भट्ट

मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया