शुक्रबार, वैशाख १४, २०८१

चीनमा पानी जहाज दुर्घटना हुँदा १२ को मृत्यु, केही बेपत्ता

मेरोन्यूज २०७८ असोज १२ गते १६:१३

काठमाडौँ । चीनको गुझाउ प्रान्तमा पानी जहाज दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको समाचार जनाइएको छ ।

जान्क नदीमा भएको दुर्घटनामा परी अन्य ३ जना बेपत्ता भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । अत्यधिक भारीका कारण पानी जहाज पल्टिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

दुर्घटनामा जहाजभित्र कूल ४० यात्रु रहेका थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराइरहेकाको खोजी भइरहेको छ । खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ ।

प्रतिक्रिया