शुक्रबार, वैशाख १४, २०८१

इपीएलको उद्घाटन खेल सुरु, आजको खेलमा सहिद अफ्रिदी खेल्दै

मेरोन्यूज २०७८ असोज ९ गते १२:३७

काठमाडौँ । सबैभन्दा ठूलो पुरस्कार राशी भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) सुरु भएको छ । आजदेखि सुरु भएको प्रतियोगितामा बजाज पल्सर ६ वटा टोली सम्मिलित रहेका छन् ।

लिगको चौथो संस्करणको उद्घाटन खेलमा काठमाडौँ किंग्स इलाभेन र ललितपुर प्याट्रिओट् भिड्दै छन् । उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको हो ।

सिंगल राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगिताको विजेताले ५० लाख पुरस्कार पाउने छ । सिंगल राउण्ड रोबिनपछि क्वालिफायर खेलाइने आयोजकले जानकारी दिएको छ ।

नेपालको चर्चित टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तानी चर्चित क्रिकेटर सहिद अफ्रिदीसमेत काठमाडौं आइपुगेका छन् । उनी सन्दीप लामिछाने कप्तान भएका काठमाडौँ किंग्स इलाभेनमा आबद्ध छन् ।

प्रतिक्रिया