शुक्रबार, वैशाख १४, २०८१

महिलाभन्दा पुरुषमा छिटो फैलिन्छ स्तन क्यान्सर

डा. कपेन्द्र शेखर अमात्य २०७८ असोज ९ गते १२:०८

काठमाडौँ । धेरै मानिसमा स्तन क्यान्सर महिलामा मात्र हुन्छ भन्ने भ्रम छ । तर, स्तन क्यान्सर पुरुषमा पनि देखिन्छ । यति मात्र फरक हो, महिलाको तुलनामा पुरुषमा कम देखिन्छ । तर पुरुषमा चाडो फैलन्छ ।

महिलाको स्तनमा दुई सेन्टिमिटरको गिर्खा आएको छ भने त्यो स्तन क्यान्सरको पहिलो वा दोस्रो स्टेजको मानिन्छ । पुरुषमा सोही दुई सेन्टिमिटरको गिर्खा आएमा तेस्रो वा चौथो स्टेको हुने हुन्छ । किनकी पुरुषहरुको स्तनमा धेरै ठूला तन्तुहरु हुँदैन । जसले गर्दा क्यान्सरको ट्युमर बढ्ने ठाउँ कम हुन्छ । चाँडोभन्दा चाँडो छाला र मांशपेशीमा टाँसिने हुन्छ । क्यान्सरको तेस्रो र चौथो अवस्थामा चाँडै पुग्ने खतरा हुन्छ ।

प्रत्येक सय जना पुरुषमध्ये एक जनामा स्तन क्यान्सर देखिन्छ । पुरुषमा स्तन क्यान्सर प्राय वंशाणुगत कारणबाट देखिने गरेको छ । स्तनमा अन्य अंगका भन्दा बढी कोसिका हुने गर्दछ । स्तनमा दुध बनाउने ग्रन्थीहरु बढी हुन्छन् । दुधलाई ग्रन्थीबाट मुन्टासम्म ल्याउने नलीहरुमा हुने क्यान्सर नै स्तन क्यान्सर हो । जुन ९० प्रतिशत क्यान्सर सोही नलीको क्षेत्रमा हुने गरेको देखिन्छ । कतिपयमा स्तनको छालामा क्यान्सर हुने गरेको पाइन्छ ।

करिब १० वर्षअघि स्तन क्यान्सरको गिर्खा ५ सेन्टिमिटरभन्दा ठूलो हुँदा मात्र विरामीहरु अस्पताल आउने गरेका थिए । तर स्तन क्यान्सर हुने सूचनाका कारण अहिले २ देखि ३ सेन्टिमिटरभन्दा सानो हुँदा नै विरामीहरू अस्पताल पुग्ने गरेका छन् । जसले पहिलाको तुलनामा अहिले चाँडो विरामीहरु आउने गरेका छन् । स्तनमा कुनै गिर्खा देखिने बित्तिकै शहरमा रहेका महिला अस्पताल आउने गरेको देखिन्छ । जसले गर्दा क्यान्सरको सुरुवाती चरणमा नै थाहा पाउने गरेको देखिन्छ । तर ग्रामीण क्षेत्रका महिलाहरू ढिलो अस्पताल पुग्ने गरेका छन् ।

कतिपय समयमा लक्षण देखिदा प्रायः जसो क्यान्सरहरु ढिलो हुने गरेको देखिन्छ । समय समयमा आफ्नो स्वास्थ्यको जाँचसमेत गर्नु पर्छ । स्तन क्यान्सरको प्रमुख लक्षण स्तनमा गिर्खा आउने हुन्छ भने नदुख्ने हुन्छ । विस्तारै बढ्दै जाने हुन्छ । स्तनमा कुनै गिर्खा आएको छ कि छैन भनेर महिलाले महिनावारी भएको पहिलो सातामा आफै परीक्षण गर्न सक्दछन् ।

स्तन क्यान्सर ८० देखि ९० प्रतिशतसम्म जुनसुकै अवस्थाको पनि उपचार गरे नेपालमा नै निको हुन सक्छ । पहिला पहिला स्तन क्यान्सर हुँदा स्तन नै काटेर फाल्ने चलन थियो । तर अहिले त्यस्तो छैन ।

पहिला पहिला स्तनमा कुनै प्रकारको गिर्खा आए महिलाहरुले लाज र संकोचका कारण लुकाएर बस्ने गर्थे । तर अहिले कुनै समस्या आउनासाथ जाँच गर्न अस्पताल आउने गरेको देखिन्छ । जुन महिला दिदीबहिनीले स्तन क्यान्सर समयमा नै उपचार गरे निको हुन्छ भन्ने बुझ्न थालेका छन् ।

हरेक वर्षमा एक पटक मेमोग्राम वा अल्ट्रासाउन्ड गर्नु पर्छ । जसले स्तनमा कुनै गिर्खा आउनुभन्दा अघि नै (जिरो स्टेजको क्यान्सर) स्तन क्यान्सर पत्ता लगाउन सहयोग गर्छ । यही अवस्थामा क्यान्सरको उपचार भएमा १०० प्रतिशतमा ९९ जनालाई बचाउन सकिन्छ

पहिलाको तुलनामा स्तन क्यान्सर बढेको देखिन्छ । अन्य देशको तुलनामा नेपालमा कम उमेरमै स्तन क्यान्सर देखिएको छ । अन्य देशमा ५० वर्षमाथिका मानिसमा बढी देखिने गरेको पाइन्छ भने नेपालमा ४० वर्षमा देखिने गरेको पाइन्छ । स्तन क्यान्सर ८० देखि ९० प्रतिशतसम्म जुनसुकै अवस्थाको पनि उपचार गरे नेपालमा नै निको हुन सक्छ । पहिला पहिला स्तन क्यान्सर हुँदा स्तन नै काटेर फाल्ने चलन थियो । तर अहिले त्यस्तो छैन ।

स्तनलाई जोगाएर वा बचाएर आधुनिक प्रविधिबाट क्यान्सरको उपचार गर्ने गरिन्छ । हरिसिंद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन् रिर्सच सेन्टरमा पछिल्लो दुई वर्षमा स्तन क्यान्सरको उपचार गरिएकामा ७० प्रतिशत महिलाको स्तन बचाएर शल्यक्रिया गरिएको छ । जसमा करिब ३ सय जना विरामीमा २ सयभन्दा बढीको स्तन जोगाएर शल्यक्रिया गरिएको छ ।

त्यस्तै, नेपालमा के कारणले स्तन क्यान्सर अन्य देशको तुलनामा कम उमेरमा नै देखिएको छ त्यसको अध्ययन अनुसन्धान हुनुपर्ने देखिन्छ भने अर्को बढ्दो सुर्तीजन्य पदार्थको सेवनलाई मान्न सकिन्छ ।

विश्वमा नै स्तन क्यान्सर ५ प्रतिशत वंशाणुगत कारणबाट हुने गरेको बताइन्छ । तर, नेपालमा वंशाणुगत स्तन क्यान्सर करिब २ प्रतिशत मात्र देखिने गरेको पाइन्छ । स्तन क्यान्सरको समयमा नै उपचार गरे कम खर्चमा हुन्छ भने निको हुनेदर छिटो हुन्छ ।

(नेपाल क्यान्सर हस्पिटल एन रिर्सच सेन्टरका स्तन क्यान्सर रोग विशेषज्ञ डा. अर्मात्यसँग सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया