शनिबार, वैशाख १५, २०८१

‘बाल्यकालमा तालिवानले देश निकाला गरे, बेलायत आएर वैज्ञानिक बनेँ’

मेरोन्यूज २०७८ असोज २ गते १३:१४

मेरो नाम हुमिरा रजाई हो । म अफगानिस्तानको गजनी प्रान्तको जोगरीमा जन्मेकी हुँ । सन् २००६ सालमा म १३ वर्षको हुँदा अफगानिस्तानबाट बेलायत आएकी हुँ ।

अहिले म एक मेडिकल वैज्ञानिक हुँ । यसका साथै एक ठूलो औषधि फार्ममा काम गर्दै आइरहेको छु । साथै मानवाधिकारको क्षेत्रमा काम गर्दै आइरहेको छु । पछिल्लो समय मैले म जन्मेको देश अफगानिस्तानमा भएको घटनालाई नियाल्दै छु ।

सुरुमा म अफगानिस्तानको अवस्था र तालिवानको आ‌तंकबाट बच्न बेलायत आएकी थिएँ । अहिले म यहाँ आफ्नो क्षेत्रमा सफल बनेकी छु । तर, मलाई अफगानिस्तानमा छुटेका मेरा साथीहरूबारे चिन्ता भइरहेको छ । उनीहरूसँग बारम्बार सम्पर्कमा रहँदै आएकी छु ।

दुई दशकपछि पुन: अफगानिस्तानमा तालिवान शासन आएको छ । जसमा सबैभन्दा धेरै हजारा समुदायमाथि खतरा रहेको छ । यो समूदायमाथि ऐतिहासिक कालदेखि शोषण हुँदै आएको छ । यो क्रम पुनः हुने पक्का रहेको छ ।

मलाई अफगानिस्तानमा बिताएको बाल्यकाल अहिले पनि याद छ । म एक बच्ची थिएँ । म त्यसबेलामा हजारा शिया समुदायको हुँ भन्ने लाग्थ्यो । हाम्रो परिवार हरेक समय तालिवानदेखि डराएर बस्दै आएका थियौँ । यस्तै हामी पश्तुनसँग समेत डराउनु पर्ने अवस्था थियो । तालिवान र पश्तुन देख्दा मुटु काप्ने गर्दथ्यो ।

म त्यतिखेर एक बच्चा थिएँ । तर, मेरो दिमागमा यी सबै कुरा राम्रोसँग बसेको थियो । हामी हजारा समूदायको भएकाले धेरै भेदभाव हुँदै आएको थियो । हामीले यो देख्दै र भोग्दै आएका थियौँ ।

मेरो बाल्यकाल तालिवान शासनको समयमा बितेको थियो । त्यसैले म स्कुल जान पाइनँ । तालिवानले बालिकालाई सबै स्कुल बन्द गरिदिएका थिए । १० वर्षको हुँदासमेत मैले कुनै स्कुलमा पढ्न जान पाइनँ । किनकी म तालिवानको शासन कालमा जन्मेकी थिएँ । म मात्रै होइन मेरो उमेरका सबै बालिकाले स्कुलमा जान पाएनन् ।

सन् १९९८ को समय हुनु पर्छ । मलाई धमिलो याद छ । तालिवानले सबै हाइवे सडक बन्द गरिदिएको थियो । हाम्रो गाउँमा खाने पिउने सामान केही पाइरहेको थिएन । त्यसबेला हाम्रो गाउँमा धेरै मानिसहरूले खान नपाएर ज्यान गुमाउनु परेको थियो । हामी खाना र पानीका लागि धेरै तड्पिरहेका थियौँ ।

यसैबीच मेरो बुवा सन् २००० मा एक शरणार्थीको रुपमा बेलायत आउनु भयो । उहाँ यही बस्नु भयो । ६ वर्षपछि हामीलाई यही बोलाउनु भयो । त्यसपछि मैले, मेरी बहिनी र आमाले नयाँ जीवन पायौँ । हामी कानुनी रुपमा बेलायतमा बस्न पाउने भयौँ ।

म अफगानिस्तानको भाग्यमानी छोरी रहेछु । मैले बेलायतमा कानुनी रुपमा बस्न पाएँ । एक सानदान जीवन पाएँ । हाम्रो परिवार त अफगानिस्तानबाट निकालिएका थियौँ । तर, ठूलो जनसंख्या तालिवानको अत्याचारको सामाना गरी बसे ।

पूरा अफगानिस्तानमा तालिवानबाट प्रभावित भएको छ । तालिवान हिंसाका लागि पूरा बस्ती नियन्त्रित गर्न सक्छन् । तालिवानको शासनका पुरुष अधिक हिंसात्मक हुने गर्दछन् । महिलामाथि घरेलु हिंसा बढ्दै जाने छ । महिलाले स्वास्थ्य सेवा पाउन कठिन हुने छ । तालिवान शासनको समयमा शिशु मृत्युदर उच्च हुने गर्दछ ।

तालिवानको डर मेरो दिमागमा यति थियो कि, म महिला र बच्चाका लागि केही गर्न चाहन्छु । त्यसैले म मेडिकलको क्षेत्रमा आएँ र एक वैज्ञानिक बन्न सफल भएँ । अब मैले जुन काम गर्ने छु, त्यसको सीधा प्रभाव महिला र बालबालिकाको जीवनमा पर्ने छ ।

मैले पूरै शिक्षा बेलायतमा पाएँ । अहिले मसँग विश्वविद्यालयको ३ वटा डिग्रीको प्रमाण पत्र रहेका छन् । मसँग
स्वास्थ्य अनुसन्धानको पिएचडी प्रमाण पत्रसमेत रहेको छ । अहिले म एक औषधिको बारेमा अनुसन्धान गरिरहेको छु । यसले महिलाको प्रियोक्ल्यामसिया नामको रोगबाट बचाउन सहयोग पुर्याउँछ ।

अहिले म बेलायती नागरिक बनेकी छु । तर, हामीमाथि तालिवानले गरेको व्यवहारबाट अहिले पनि डराउँछु । अहिले तालिवानले सत्ता कब्जा गरेसँगै हजारा समुदायमाथि के हुने होला । मैले अफगानिस्तानमा रहेका साथीहरूसँग कुराकानी गरिरहेको छु । उनीहरूले तालिवानको शासनसँगै जीवन र परिवारमा भएको उतार चढावबारे बताउने गरेका छन् । त्यसैले हजारा समूदायका मानिसहरू घरभित्रै बस्दै आएको साथीहरूले बताएका छन् ।

पछिल्लो २० वर्षमा अफगानिस्तानमा धेरै परिवर्तन भयो । २५ वर्षभन्दा कम उमेरका मानिसहरूले तालिवानको हिंसाका बारेमा अनविज्ञ रहेका छन् । यी समूहका मानिसहरूले खुला संसर देखे । खुला हावामा सास लिँदै आए । अहिले पूरै अफगानिस्तानमाथि तालिवानले कब्जा जमाएको छ । अब यो उमेर समूहका युवाहरूलाई जीवन साह्रै कठिन हुने भएको छ । सबैभन्दा ठलो समस्या अफगानिस्तानी मानव अधिकारकर्मी र पत्रकारलाई हुने छ । करना आसान नहीं होगा।

अफगानिस्तानमाथि कब्जा जमाएसँगै तालिवानले आदर्शका कुरा गर्दै आएको छ । यो उनीहरूको शानदार प्रोपगाण्डा मात्रै हो । हामीले देखिसकेका छौँ( तालिवान कति हिंर्सक र बर्बर रहेका छन् ।

उनीहरू मूलतस् एक आतंकवादी समूह हो । उनीहरूको पूरै व्यवस्था भ्रष्टाचार र हिंसामा आधारित रहेको छ । उनीहरूको ठूलो नेटवर्क रहँदै आएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया