शुक्रबार, वैशाख १४, २०८१

सुदूरपश्चिममा माधव नेपालका दुई मन्त्रीले सपथ लिए

मेरोन्यूज २०७८ असोज १ गते १९:१७

धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकारका सहभागी भएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का दुई मन्त्रीले सपथ लिएका छन् ।

एकीकृत समाजवादीका तारा लामा र माया तामाङ बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले सपथ दिलाएका हुन् ।
लामालाई आर्थिक मामिला मन्त्री र बोहरालाई अर्थ राज्यमन्त्रीका सपथ दिलाइएको छ ।

तत्कालीन नेकपाका प्रमुख सचेतक समेत रहेका तारा लामालाई एमालेको अनौपचारिक विभाजनकाबेला जेठमा मन्त्रिपरिषद् विस्तार हुँदा पदबाट हटाइएको थियो । बोहरा भदौ २१ गते एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् ।

लामा नेकपा एमाले कञ्चनपुरबाट निर्वाचित सांसद हो भने बोहरा बझाङबाट समानुपातिक सांसद बनेका हुन् । सुदूूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसद रहेका छन् ।

एकीकृत समाजवादीका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र दुई जना राज्यमन्त्री यसअघि नै प्रदेश सरकारमा छन् ।

प्रतिक्रिया