शुक्रबार, वैशाख १४, २०८१

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा भट्टराई

मेरोन्यूज २०७८ भदौ २७ गते २०:१६

काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई निर्वाचित भएका छन् ।

समाजको आइतबार सम्पन्न १२औँ साधारणसभाले आगामी दुई वर्षका लागि भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समाजको वरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे र कोषाध्यक्षमा मनुका कुँवर निर्वाचित भएका छन् ।

यस्तै, सदस्यमा अरिश्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाईं निर्विरोध निर्वाचित हुनुभएको समाजका सल्लाहकार रामजी बगालेले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विप्रेषणले मुलुकको अर्थतन्त्र धानिरहेको भन्दै अधिकांश नेपाली रहरले नभई वाध्यताले विदेशिनु परेको बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कोभिडले मुलुकको आर्थिक गतिविधि ठप्प बन्दासमेत विप्रेषणका कारण देशको अर्थतन्त्र चलायमान बनेको भन्दै वैदेशिक रोजगारले मुलुकलाई पु¥याएको योगदानको प्रशंशा गर्नुपर्ने बताए ।

कार्यक्रममा समाजको प्रकाशत ‘श्रम तथा आप्रवासन’ स्मारिका विमोचन गरिएको थियो ।

प्रतिक्रिया