सोमबार, जेठ ७, २०८१

शेयर बजारमा उतार चढाव, सुधार हुने आशा

किरण अधिकारी २०७८ भदौ २५ गते ११:३२

काठमाडौँ । अन्तर्राष्ट्रिय शेयर विज्ञ वारेन बफेटले सधै शेयरमा नभएर व्यवसायमा लगानी गर्नु पर्ने, लामो समय शेयर होल्ड गरेर नराख्ने, अल्प कालीन उतार चढावलाई नजर अन्दाज गर्ने, मूल्य घटेको बेला राम्रा कम्पनीको शेयरमा लगानी बढाउने, नाफा सुरक्षित भएको अवस्थामा मात्र लगानी बढाउनेलगायतका सुझाव दिएका छन् ।

Advertisement

विश्वका ठूला कम्पनी र ठूला बैंकका शेयर होल्डरसमेत भएका उनले कोरोना महामारीसँगै बैंक तथा कम्पनी बेच्दै सुनतिर आकर्षित भए । विश्वभर धेरै आर्थिक समस्या भएका बेला सुनमा लगानी बढाएका बफेटले समयानुसार लगानीको क्षेत्र परिवर्तन गर्नु पर्नेमा जोड दिँदै आएका छन् ।

उनको सिको गर्दै नेपालका शेयर विज्ञ, प्रशिक्षक एंव लगानीकर्ता रविन्द्र भट्टराईले समेत अहिले ठूलो अंकले ओरालो लागेको शेयर बजारमा रातो संकेत लामो समयसम्म नहुने ठोकुवा गर्छन् । उनले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा बजारमा फेर बदल देखिएको शेयर बजारमा परिवर्तन आउँदा साना लगानीकर्ता अहिले पनि पर्खाइमा रहेकाले ठूलामा हलचल आएको बताए । तर, यो साता शेयर बजारमा हरियो र रातो संकेतमा ठूलो अंक र धेरै रकमको आँधी आएको छ ।

नेपाल कर्मश क्याम्पसमा स्नातक अध्ययनरत शरद गौतमले आफ्नो खर्च छुट्टाएको रकमलाई गत वर्ष कोरोना महामारीमा शेयर बजारमा लगानीले आम्दानी बढ्ने भन्दै साधारण शेयर किने पनि अहिलेको घट्दो प्रक्रियाले बेच्न खोजेको बताए ।

वास्तवमा भन्ने हो भने शेयर बजारमा युवा पुस्ताको आकर्षितले पैसाको सदुपयोग गर्न सिकाएको धितो अधिवक्त ज्योति दाहाल बताउँछन् । किशोर किशोरीहरूले शेयरमा लगानी गर्नु नकारात्मक बानी (उदाहरण, चिया, चुरोट रक्सी, रेष्टुरेष्ट)बाट हट्नु र पैसा जोगाउने, कमाउनेमा दिमाग लागाउनु आर्थिक प्रगतिको बाटो भएको उनले बताए । उनले शेयर किनेर बजारमा आएका युवालाई नआत्तिन आग्रह गरे ।

यस्तै, गत वर्षदेखि कोरोना महामारीका कारण देशमा निकै आर्थिक संकट लागेको छ । उद्योग, व्यापार ठप्प भएसँगै लगानीका धेर्रै क्षेत्रहरू समस्यामा परेका छन् । कोरोना महामारीमा सरकारले पटक-पटक लामो र छोटो समयका लागि लकडाउन गरेपछि हुँदा खाने सर्वसाधारणदेखि हुने खाने धेरैको आय स्रोतमा रोक लाग्यो ।

बन्द ढोकालाई खुलाउन नसक्दा सबैले विकल्प खोजे, जसबाट निष्कियो शेयरबजार उत्तम पथ । शेयर बजार उत्तम प्रतिफलसँगै उच्च जोखिम पनि मानिन्छ । सबै व्यवसाय तथा केहीको पेशामा समेत कोरोना महामारीले समस्या ल्याएपछि विकल्पमा शेयर बजारको यात्रामा धेरै लम्किए । त्यसैले कोरोना महामारीले पारेको अप्ठ्यारोमा अधिकांश व्यक्तिले वैकल्पिक आय आर्जनको माध्यम शेयर बजारलाई बनाए ।

कोरोना महामारीमा शेयर बजारमा प्रवेश गर्नेको लहड नै लाग्यो । आर्थिक क्षेत्रका सम्पूर्ण स्थान बन्द भएको अवस्थामा शेयर बजारमा लगानी गर्नेको संख्या बढेसँगै कारोबार रकममा हरियो चिन्हले ठूलो स्थान लिएको धितोपत्र बोर्डले जनाएको छ ।

सर्वसाधारणले किनेको शेयर सम्बन्धित कम्पनीले फिर्ता पनि लिदैन । शेयरमा लगानी गर्न वा लगानी बढाउन अनि प्राथमिक बजारमा किनेकै शेयर बेच्न बजारमा जानु पर्छ । अझ स्थानीय, आयोजना प्रभावित, जनताको लगानी, समृद्धिको आधार आदि नाममा भिडाइएका शेयरहरूका कारण धेरै सर्वसाधारण नचाहिकनै शेयर बजार धाउन बाध्य भएको त हैन । सिक्नु पर्ने बेला आएको छ ।

अहिले शेयर रातो चिन्ह हुनुमा मौद्रिक नीतिलाई दोष लगाइएको छ । राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन सक्ने प्रावधान राखेपछि ठूला लगानीकर्ताले यस नीति हटाउनका लागि चर्को दबाबमा उत्रिएका छन् ।

आइतबारको बजारपछि राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई थप दबाब परेको पर्दा अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारको पुँजीमा ध्यान दिन निर्देशन दिए । जसले गर्दा सोमबार लगानीकर्ताले गभर्नर अधिकारीको राजीनामा माग गर्दै १५ बुँदे माग राखेर प्रर्दशन गरे । सोमबार बजारमा बाढी आए झै एक्कासी १ सय ६१ अंकको वृद्धि भयो । मंगलबार ४४ दशमलब १८ अंक र बुधबार नेप्से परिसूचक ६० दशमलब दशमलब २ अंकले घट्यो ।

लगानीकर्तालाई छल गर्ने काम नगर्न र नीति नसच्याए राष्ट्र बैंकअगाडि अनसन बस्ने पुँजी बजार संघर्ष समितिका संयोजक रामकृष्ण ढकालले बताए । स्टक ब्रोकर्स एशोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले राष्ट्र बैंकले शेयर कारोबारमा लगानी बढी हुने त्रासले ऋणमा बाधा ल्याउन खोजेका कारणले केही समय गाह्रो पर्ने डर रहेको बताए ।

बजारमा हुने सामान्य उतार चढाबलाई आफूले सामान्य रुपमा लिने गरेको लगानीकर्ता नवराज अधिकारी बताउँछन् । तर, यसपटकको बजारमा देखिएको करेक्सनले आफू डराएको बताए । यसपाली बजारमा देखिएको करेक्सन छोटो अवधिमा नै धेरै अंकको घटबढ भएकाले बजारले घट्दो गति समाउने हो कि भन्ने डर लाग्न थालेको उनको भनाई छ ।

प्रकृतिक रुपमा शेयरको माग र आपूर्तिको सिद्धान्त अनुसार बजारमा हुने उतार चढावलाई सामान्य रुपमा लिए पनि अप्राकृतिक रुपमा बजारमा हुने गरेको परिवर्तनलाई सामान्य रुपमा लिन नसकिने अवस्था सिर्जना हुँदा त्रासको अवस्था आएको छ ।

प्राकृतिक नियमानुसार केही समय अझै घट्छ । विस्तारै बढ्छ, कारोबारमा घटबढ हुनु स्वभाविकै हो । तर, एक्सासी घट्नु, एक्कासी बढ्नुले पुँजीमा असर पार्ने प्रष्ट देखिएको हो ।

यो पनि पढ्नुहोस् : लगानीकर्ताका कारण प्रत्येक दिन शेयरमा घटबढ

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया