सोमबार, जेठ ७, २०८१

लगानीकर्ताका कारण प्रत्येक दिन शेयरमा घटबढ

नेप्से ४४ अंकभन्दा बढीले घट्यो

किरण अधिकारी २०७८ भदौ २२ गते १९:३५

काठमाडौं । शेयर बजारमा ४४ दशमलव १८ अंकले ओरालो लागेको छ । यो अघिल्लो दिनको तुलनामा १ दशमलब ४६ प्रतिशतले घटेर २ हजार ९ सय ३६ दशमलब ६० बिन्दुमा पुगेको छ ।

कूल २ सय २२ कम्पनीको ८६ हजार ५ सय ८ कारोबारबाट ७ अर्ब ४९ करोड ८१ लख २ हजार १ सय ६१ रुपैयाँ बराबरका १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच भएको स्टक एक्सेञ्जले जनाएको छ ।

साताको तेश्रो दिन मंगलबार कारोबारमा आएका १३ वटै समूहको उपसूचक मध्ये २ समुह बाहेक सबै समूहको उपसुचकमा रातो संकेत देखिएका छन् ।

निर्जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक, बाणिज्य बैंक समूहका सूचकका लगानीकर्ता मंगलबार निराश भए ।

आरएम डिसी लघुवित्त वित्तीय संस्था, रुरु जलविद्युत परियोजना, प्रागेसिभ फाइनान्स कम्पनीले सो दिन सबैभन्दा धेरै गुमाउन पुगेका छन् ।

त्यसैगरी सानिमा लाइफ इस्योरेन्सको १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । युनाइडेट मोदी हाइड्रो पावर, हाइड्रो इलेक्ट्रिसिटी, युनिलेभर नेपाल लगायत कम्पनीको मूल्य बढ्दा यी कम्पनीका लगानीकर्ता खुसी देखिएका छन् ।

वास्तवमा भन्ने हो भने यसअघि साताको पहिलो दिन आइतबार नौ महिनायताकै १ सय ८ अंकसहितको गिरावटको असरले शेयर बजारमा हलचल नै ल्याएको थियो ।

मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन सक्ने प्रावधान राखेपछि ठूला लगानीकर्ताले यस नीति हटाउनका लागि चर्को दबाबमा उत्रिएका छन् ।

आइतबारको बजारपछि राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई थप दबाब परेको पर्दा अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारको पूँजीमा ध्यान दिन निर्देशन दिए । जसले गर्दा सोमबार लगानीकर्ताले गभर्नर अधिकारीको राजीनामा माग गर्दै १५ बुँदे माग राखेर प्रर्दशन गरेका थिए । सोमबार बजारमा बाढी आएझैं एक्कासी १ सय ६१ अंकको वृद्धि भयो ।

लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा बजारमा फेरबदल देखिएको छ । शेयर विश्लेषक प्रशिक्षक, लेखक एंव लगानीकर्ता रवीन्द्र भट्टराईले शेयर बजारमा परिवर्तन आउँदा साना लगानीकर्ता अहिले पनि पर्खाइमा रहेकाले ठूलामा हलचल आएको बताए ।

लगानीकर्तालाई छल गर्ने काम नगर्न र नीति नसच्याए राष्ट्र बैंकअगाडि अनसन बस्ने पुँजी बजार संघर्ष समितिका संयोजक रामकृष्ण ढकालले बताए ।

Advertisement

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया