शुक्रबार, वैशाख १४, २०८१

योग्यता पुगेका व्यक्तिलाई न्यायाधीश बन्न विज्ञापन खुल्यो, कति छ त कोटा ?

मेरोन्यूज २०७८ साउन १९ गते १०:४५

काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदपूर्तिका लागि विज्ञापन प्रकाशन गरेको छ । आयोगको परीक्षा महाशाखाले १९ जनाका लागि विज्ञापन खुल्ला गरेको हो ।

आन्तरिकतर्फ ९ र खुलातर्फ पाँच जनाका लागि विज्ञापन प्रकाशित गरिएको छ । महिला कोटाबाट २ तथा आदिवासी जनजाती र मधेसी कोटाबाट १/१ जनाको विज्ञापन खुलेको छ ।

प्रथम पत्रको परीक्षा असोज १२ गते, द्वितीय पत्रको परीक्षा असोज १४ गते र तृतीय पत्रको परीक्षा असोज १५ गते निर्धारण गरिएको छ । यस्तै चौथो पत्रको पहिलो खण्डको परीक्षा असोज १६ गते र दोस्रो खण्डको परीक्षा असोज १७ गते हुने छ ।

परीक्षा केन्द्र लोक सेवा आयोगको अनामनगरस्थित कार्यालयमा तोकिएको छ ।

आन्तरिक र खुलाका लागि दुई हजार र प्रत्येक समावेशी समूहका लागि थप ५ सय रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ । परीक्षा फारम बुझाउने म्याद ३० दिन तोकिएको छ । उम्मेदवारले दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन फारम बुझाउन सक्नेछन् ।

हेर्नुस न्याय सेवाको विज्ञापन:

प्रतिक्रिया