शनिबार, वैशाख १५, २०८१

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

मेरोन्यूज २०७८ साउन १० गते २२:०१

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका ८ बाट नलगाड नगरपालिका ५ को सिमाना खारातर्फ आउँदै गरेको ग १ ज ४९५५ नंको जिप दुर्घटना भएको छ । घटनामा एक जनाको मृत्यु भएको भने चार जना घाइते भएका छन् ।

बारेकोट गाउँपालिका ८ की ५५ वर्षीया लक्ष्मी सिंहको घटना स्थलमै मृत्यु भएको हो । घाइतेहरूमा बारेकोट गाउँपालिका ८ की २५ वर्षीया समीक्षा सिंह, २३ वर्षीय दीपक खत्री, २६ वर्षीय बलबहादुर खत्री र नलगाड नगरपालिका ५ का १८ वर्षीय मिलन शाही घाइते भएका छन् ।

घाइतेहरूको उपचारका लागि स्वास्थ्य संस्था दल्ली ल्याइएको प्रहरीले जनाएको छ । चालक बारेकोट ८ का राजु सिंह फरार रहेको प्रहरीले जनाएको छ । जिप बलबहादुरले चलाउँदा दुर्घटना भएको बताएको छ । गाडी नलगाड नदीमा खसेको छ ।

प्रतिक्रिया