शुक्रबार, वैशाख १४, २०८१

कोरोनाबाट झण्डै २ हजार मुक्त हुँदा ३ हजारभन्दा बढी थपिए

मेरोन्यूज २०७८ साउन ९ गते १६:४३

काठमाडौँ । कोरोना भाइरस रोकथाम गर्न लगाइएको निषेधाज्ञा खुकुलो भएसँगै संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर थप तीन हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दश हजार ६२५ पिसिआर परीक्षण गर्दा दुई हजार ३०९ र चार हजार २८५ एन्टिजेन परीक्षण गर्दा ८०५ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने दुई हजार १९७ जना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया