शुक्रबार, वैशाख १४, २०८१

ओलीको केन्द्रीय समिति बैठक बसेकै हलमा प्रचण्ड, माधव नेपालले सम्वोधन गर्ने

मेरोन्यूज २०७८ साउन ७ गते १६:५३

काठमाडौं । केपी ओली प्रधानमन्त्रीवाट हटेर बालकोटा नीजि निवासमा सरेपछि एमालेको पार्टी बैठकहरु ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा हुँदै आएको छ । विगत केही दिन यता एमाले पार्टी बैठक त्यही हलमा भईरहेको छ । आजै पनि पुष्पलाल स्मृति दिवस र पार्टी बैठक त्यही प्रतिष्ठानमा ओलीले राखेका थिए ।

तर त्यही हलमा शुक्रवार भने एउटै मञ्चवाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहतिका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।


एमालेकै माधव नेपाल समुहका नेता जगन्नाथ खतिवडा अध्यक्ष रहेको पुष्पलाल मित्रता केन्द्रले शुक्रवार ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ शीर्षकमा कार्यक्रम आयोजना गर्न लागेको खतिवडाले जानकारी दिएका छन् ।

कार्यक्रममा प्रचण्ड, माधव नेपाल, मोहन वैद्य (किरण), चित्रवहादुर केसी, नेत्रविक्रम चन्द (विप्लव), चन्द्रदेव जोशी र अष्टलक्ष्मी शाक्यलाई वक्ताको रुपमा आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया